आइतबार, फागुन २०, २०८० |Sun Mar, 2024
अक्ल्याण्डको समय: ०१:१० |सिड्नीको समय: २३:१० |काठमाडौंको समय: १७:५५

मन्त्री साउद र कतारका प्रधानमन्त्रीबीच भेट, विपिनको रिहाइका लागि आग्रह

एएनजेड खबरडिसेम्बर १२, २०२३

काठमाडौं । कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग परराष्ट्रमन्त्री एनपी साउदले शिष्टाचार भेटवार्ता गरेका छन् । कतारको राजधानी दोहामा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको मन्त्री साउदको सचिवालयले जनाएको छ ।

भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री साउदले हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि थप सशक्त पहल गरिदिन विशेष अनुरोध गरेको मन्त्रीका स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।

परराष्ट्रमन्त्री साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवम् कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत् सम्बन्धका आधारमा यस मानवीय मामिलामा कतार अधिराज्यसँग नेपाल सरकारले उच्च आशा गरेको बताए ।

जवाफमा कतारका प्रधानमन्त्री अल थानीले विपिन जोशीलगायत विदेशी बन्दीहरुको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको बताएका थिए । उनले चाँडै सकारात्मक परिणाम आउनसक्ने सङ्केतसमेत गरे । उनले नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा रहेको पनि बताए ।

तपाइँको प्रतिक्रिया