बुधबार, वैशाख १९, २०८१ |Wed May, 2024
अक्ल्याण्डको समय: ०६:२२ |सिड्नीको समय: ०४:२२ |काठमाडौंको समय: ००:०७

गोकर्णमा इलामेली कलाकारको रमाइलो जमघट

एएनजेड खबरडिसेम्बर १७, २०२३

काठमाडौं । काठमाडौंमा रहेका इलामेली कलाकारहरुले गोकर्णमा रमाइलो जमघट गरेका छन् । इलामेली कलाकारहरुको हक हित र बृत्ति विकासका लागि भन्दै केही महिनाअघि मात्र स्थापना भएको इलाम कलाकार समाजले उक्त जमघटको आयोजना गरेको हो ।

गोकर्णस्थित शहिद पार्कमा बनभोजसहित इलामेली कलाकारहरुको परिचय र भाइचाराको सम्बन्ध स्थापित गर्ने उदेश्यले जमघटको आयोजना गरिएको अध्यक्ष रमेश बोखिम राईले जानकारी दिए । उनले आगामी दिनमा काठमाडौंमा रहेका सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाएका इलाममा जन्मिएका कलाकारहरुको तथ्यांक संकलन शुरु गरिने जानकारी दिए ।

जमघटमा रमाइलो गर्न पुगेका गीतकार संघ नेपालको अध्यक्षमा गीतकार वसन्त वित्यासी थापाले इलामेली कलाकारहरुको नेपाली गीत संगीत र कला क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संगठित भएर अघि बढ्न सुझाव दिए ।

This image has an empty alt attribute; its file name is ilammm-1024x683.jpg

यसपालीको तिहारमा रमाइलो देउसी भैलो कार्यक्रम गरेर संस्थाको पहिचान स्थापित गर्न थालेको भन्दै अध्यक्ष राईले विदेशमा पनि संस्थालाई विस्तार गरिने बताए । शनिबारको जमघटमा इलामका कलाकारहरु इन्द्र गुरुङ, बलराम समाल, थिरज राई, रमेश राई, फुटि शेर्पा, मिन गुरुङ, वाल गायिका छिरिङ्ग डोल्मा शेर्पालगायतले गीत प्रश्तुत गरे ।

जमघटमा गितकार दावा तामाङ, डिआर, महेन्द्र राई, दिपा तामाङले नाचेर साथ थिए । साथै संगीतकार मिलन मोक्तान, डेनी निरौला, सुमी सिंह, भजन गायक नरेश भुर्तेल, भजन गायक एवम संगीतकार राजन खतिवडा, संगीततकार नरेश श्रेष्ठ, संगीतकार खड्ग लुगेली, संगीतकार दिप घतानीलगायत एकसय जना इलमोलीहरुको जमघट भएको थियो । जमघटलाई सफल बनाउन संस्थाकी उपाध्यक्ष सुष्मा राई, सदस्य इन्द्रकला राईलगायतले उल्लेख्य भूमिका निर्वाह गरेका थिए ।

तपाइँको प्रतिक्रिया