मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: २०:१३ |सिड्नीको समय: १८:१३ |काठमाडौंको समय: १३:५८

विजय हितानको ‘लाहुरेको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

एएनजेड खबरडिसेम्बर २५, २०२३

काठमाडौं । विसं २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि बेलायत निवासी साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई’ छनोट भएको छ । गैरआवासीय नेपाली सङ्घको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिले उक्त निर्णय गरेको हो ।

वि।सं २०७९ मा प्रकाशित विविध विधाका नेपाली वाङ्मयका कृतिहरूमध्ये बेलायतमा बसोबास गर्ने साहित्यकार हितानद्वारा लिखित उपन्यास ‘लाहुरे दाइको रेलिमाई लाई प्रदान गर्ने निर्णय भएको हो ।

गैरआवासीय नेपाली सङ्घले एक बिशेष समारोहबीच हितानलाई २ लाख रुपैंया नगद र सम्मानपत्रसहित उक्त पुरस्कार प्रदान गर्ने गैरआवासीय नेपाली सङ्घ अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले जनाए ।

आइतबार सम्पन्न पुरस्कार व्यवस्थापन समितिको बैठकले ‘लाहुरेको रेलिमाई’ लाई वर्ष २०७९ को अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि छनौट समितिको सिफारिस अनुमोदन गरेको थियो ।

गीत सङ्गीतमार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्यान ‘लाहुरेको रेलिमाई’ ले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत गरेको छ ।

त्यससँगै उनको सङ्घर्षपूर्ण जीवन र उनी बाँचेको समाजका अनेक पाटाहरूलाई पनि उपन्यासले प्रभावशाली र प्रामाणिकरूपमा उद्घाटित गरेको छ।

समितिले गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिमध्ये सर्वश्रेष्ठ एक कृतिलाई प्रत्येक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने गर्छ ।

पहिलोपटक २०७७ सालमा उक्त पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचनाु लाई प्रदान गरिएको थियो भने २०७८ मा चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’ लाई पुरस्कृत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया