शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १०:०० |सिड्नीको समय: ०८:०० |काठमाडौंको समय: ०३:४५

अष्ट्रेलिया नेपालमा जलवायु परिवर्तन, महिला, बालबालिका क्षेत्रमा काम गर्न इच्छुक

एएनजेड खबरडिसेम्बर ३१, २०२३

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले जलवायु परिवर्तन, महिला, बालबालिका क्षेत्रमा काम गर्न इच्छुक रहेको बताएकी छन् । शुक्रबार उपसभामुख इन्दिरा रानासँगको भेटमा भोल्कले नेपालमा गरिरहेको सहायताका विषयमा पनि जानकारी गराइन ।

सिंहदरबारस्थित उपसभामुख रानाको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग र संसदीय अभ्यास, अनुभव आदान प्रदान लगायतका विषयमा कुराकानी भएको थियो ।

रानाले नेपालको संसदमा रहेका महिला, दलित, जनजाति तथा पछि परेका समुदायका सांसदहरूको क्षमता अभिवृद्धि लगायतका विषयमा सहयोग गर्न आग्रह गरेकी छन् ।

तपाइँको प्रतिक्रिया