शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०८:३२ |सिड्नीको समय: ०६:३२ |काठमाडौंको समय: ०२:१७

अंग्रेजी नयाँ वर्ष २०२४ प्रारम्भ: न्यूजिल्याण्ड र अष्ट्रेलियामा भब्य आतिशबाजी

एएनजेड खबरजनवरी १, २०२४

काठमाडौं । सोमबारबाट अंग्रेजी नयाँ वर्ष इस्वी सन् २०२४ शुरु भएको छ । सन् २०२३ लाई बिदा गर्दै सन् २०२४ सुरु भएको हो । विश्वभर नयाँ वर्षको स्वागतक लागि विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

सबैभन्दा पहिले न्यूजिल्याण्डमा नयाँ वर्षको स्वागत गरिएको छ । त्यपसछि अष्ट्रेलिया, दक्षिण कोरिया, उत्तर कोरिया र जापानमा नयाँ वर्षको स्वागत गरिएको छ । न्यूजिल्याण्डको अकल्याण्डमा स्काइटावरमा १० सेकेन्डको काउन्टडाउनपछि आतिशबाजी शुरु भएको थियो । यो पाँच मिनेटसम्म चलेको थियो ।

अष्ट्रेलियाको हार्बर ब्रिज र ओपेरा हाउस नजिक १२ मिनेटसम्म आतिशबाजी चलेको थियो । सो क्रममा साढे आठ टन पटाखा जलाइएको थियो । त्यसको तयारी १५ महिनादेखि चलिरहेको थियो । १० लाख भन्दा बढी मानिस भेला भएका थिए ।

हङकङमा ‘न्यू इयर न्यू लिजेन्ड’ थिममा आधारित रहेर १२ मिनेटसम्म आतिशबाजी गरिएको थियो । त्यहाँका ठूला भवनमा एकैपटक आतिशबाजी भएको थियो । ३१ डिसेम्बरको मध्यरात १२ बजेपछि दुनियाँभर नयाँ वर्षको स्वागत थालिएको थियो ।

विशेष गरी युवापुस्ताले अंग्रेजी नयाँ वर्ष मनाउने गरेका छन् । नेपालमा विदेशी पर्यटकहरुको चहलपहल हुने स्थानहरु (काठमाडौंको ठमेल, बौद्ध, भक्तपुरको नगरकोट, पोखरा, सौराहा, लुम्बिनी)मा नयाँ वर्ष २०२४ को स्वागत गर्दै आइतबार राति ‘न्यू इयर इभ’ मनाइएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको सुरुआत भएको भन्ने मान्यता रहेको छ । विश्वव्यापी मान्यता पाएको ‘इस्वी सन्’ को नयाँ वर्ष केही समय यता नेपालमा पनि शुभकामना आदान प्रदान गरि मनाउन थालिएको छ ।Pic-Dan Himbrechts/AAP Image/AP

तपाइँको प्रतिक्रिया