बिहीबार, वैशाख २०, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०३:३३ |सिड्नीको समय: ०१:३३ |काठमाडौंको समय: २१:१८

धोती दिवस मनाउँदा मन्त्रीसहित सीके राउतका कार्यकर्ता पक्राउ

एएनजेड खबरजनवरी १, २०२४

काठमाडौं । नेपाललगायत विश्वका विभिन्न देशमा नेपालीहरुले अंग्रेजी नयाँ बर्षसँगै नेपाली टोपी दिवस मनाइरहेका छन् । यसै सिलसिलामा नयाँ बर्षकै दिन ‘धोती दिवस’ मनाउन सडकमा उत्रिदा काठमाडौंमा धरपकड भएको छ । धोती दिवस मनाउन ओर्लिएका डा.सिके राउतसहितको टोलीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

माइतीघरबाट बानेश्वरतर्फ लाग्ने क्रममा जनमत पार्टीका अध्यक्षसमेत रहेका डा.राउत, सोही पार्टीकी नेतृसमेत रहेकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता साहलगायतका नेताहरु पक्राउ परेका हुन् । माइतीघर मण्डलाको निषेधित क्षेत्रमा जुलुस र प्रदर्शनको तयारी गरेपछि उनीहरुलाई समातेको प्रहरीले जनाएको छ ।

आफू नै सहभागी रहेको गठबन्धन सरकारले निषेधित तोकेको क्षेत्रमा राउतले प्रदर्शन गरेपछि पक्राउ परेका हुन् । मधेसी समुदायले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ मा हरेक पटक धोती दिवस मनाउँदै आएका छन् । राउतसमेतको पार्टीको समर्थनमा बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले हालै माइतीघर–बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणाा गरेको छ ।

तपाइँको प्रतिक्रिया