शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १२:५७ |सिड्नीको समय: १०:५७ |काठमाडौंको समय: ०६:४२

रुसी सेनामा भर्ती भएका पाँच नेपाली सम्पर्कविहीन

एएनजेड खबरजनवरी २, २०२४

काठमाडौं । रुसी सेनामा भर्ती भएका तनहुँका पाँच जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन भएपछि घरपरिवारका सदस्य चिन्तामा परेका छन् । बेखबर भएका परिवारले स्वदेश फिर्ता गरिदिन याचना गरेका छन् ।

परिवारजनले जिल्ला प्रशासन कार्यालय तनहुँमा रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रमा निवेदन दिएर फिर्ता पठाइदिन आग्रह गरेका हुन् । व्यास नगरपालिकाको वडा १, ४, १३, भानु नगरपालिका –१ र देवघाट गाउँपालिका –३ का गरी पाँच जनाले स्वदेश फिर्ता गरिदिन निवेदन दिएको केन्द्रकी परामर्शदाता गोमा तिवारीले जानकारी दिइन ।

एक महिना अघिदेखि घरपरिवारसँग सम्पर्कविहीन हुँदा परिवारजन चिन्तामा परेको तिवारीले जानकारी दिइन । निवदेनमा एजेन्टमार्फत पाँच लाखदेखि ६ लाख रुपियाँ तिरेर भिजिट भिसामार्फत गएर रुसी सेनामा भर्ती भएको उनले जानकारी दिइन ।

तपाइँको प्रतिक्रिया