शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०७:१२ |सिड्नीको समय: ०५:१२ |काठमाडौंको समय: ००:५७

रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु

एएनजेड खबरजनवरी २, २०२४

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप तीन जनाको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयलले रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। योसँगै रुसी सेनामा भर्ना भई मृत्यु हुनेको संख्या १० पुगको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार मृत्यु हुनेमा धादिङका राजकुमार गिरी, स्याङ्जाका हरिप्रसाद अर्याल र कैलालीका भरतबहादुर शाह छन्। उनीहरूको रुस–युक्रेन युद्धको क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयको भनाइ छ। यसअघि रुसी सेनामा कार्यरत सात जनाको मृत्यु भएको थियो।

तपाइँको प्रतिक्रिया