आइतबार, वैशाख २३, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०३:४१ |सिड्नीको समय: ०१:४१ |काठमाडौंको समय: २१:२६

मेस्सीले पाए फिफा बेस्ट अवार्ड

एएनजेड खबरजनवरी १६, २०२४

काठमाडौं । अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले यस वर्षको फिफा बेस्ट अवार्ड जितेका छन् ।

अमेरिकी फुटबल क्लब इन्टर मायामीका मेस्सीले म्यान्चेस्टर सिटीका नर्वेजियन खेलाडी एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेनका फ्रेज्च खेलाडी केलियन एम्बाप्पेलाई पछि पार्दै फिफा बेस्ट अवार्ड जितेका हुन् ।

श्व फुटबल महासंघ फिफाले नयाँ ढाँचामा आर्ड दिन थालेपछि मेस्सीले जितेको यो तेस्रो पटक हो । यसअघि उनले २०१९ र २०२२ मा यो अवार्ड जितेका थिए ।

उता, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले प्रशिक्षक तर्फको अवार्ड जिते । सिटीकी ब्राजिलियन खेलाडी एडर्सनले उत्कृष्ट गोलकिपर चुनिए ।
यसपटक महिलातर्फको अवार्ड स्पेन तथा बार्सिलोनाकी मिडफिल्डर ऐताना बोनमाटीले हात पारिन् । उनले यो वर्ष बालोन डी’ओर र युइएफए महिला वर्ष खेलाडीको उपाधि समेत जितेकी थिइन् ।

फिफा बेस्ट अवार्डमा इङ्ल्यान्डकी प्रशिक्षक सारिना विगम्यान वर्षको प्रशिक्षक र मेरी इर्प्स लगातार दोस्रो वर्ष उत्कृष्ट महिला गोलकिपर घोषित भइन् । विगम्यानले यसअघि २०१७, २०२० र २०२२ मा पनि उत्कृष्ट प्रशिक्षक बनेकी थिइन् ।

तपाइँको प्रतिक्रिया