शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २३:४२ |सिड्नीको समय: २१:४२ |काठमाडौंको समय: १७:२७

डा. प्रकाश पौडेल चुनिए अनेसासको नया अध्यक्ष

एएनजेड खबरफ्रेब्रवरी ५, २०२४

सिड्नी । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास) न्यूसाउथ वेल्स अष्ट्रेलियाको अध्यक्षमा डा.प्रकाश पौडेल निर्विरोध निर्वाचित भएका छन् । अनेसास न्यू साउथ वेल्सको शनिबार सिड्नीमा सम्पन्न बार्षिक साधारण सभाबाट डा.पौडेललाई चयन गरिएको हो ।

त्यस्तै संस्थाको उपाध्यक्षमा चतुरभुज खरेल, महासचिबमा भावना पराजुली, पब्लिक रिलेसन अफिसरमा मुक्तिराम पोखरेल, सदस्यहरुमा डा।मधु पुडासैनी, सिता कंडेल, स्वेता मैनाली, विनोद महर्जनलाई चयन गरिएको अनेसासले जनाएको छ ।

शनिबार नै सिड्नीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष ममता तिवारीले नव निर्वाचित अध्यक्ष डा।पौडेललाई पद हस्तान्तरण गरेकी छन् । विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु, साहित्यकार एवम समाजसेवीहरुको उपस्थितिमा भएको कार्यक्रममा अनेसासको पूर्वअध्यक्ष सानु घिमिरे, प्रतिज्ञा अधिकारीलगायतले नयाँ कार्यसमितिलाई बधाई दिंदैं अनेसासको कार्य प्रगतिका बारेमा प्रष्ट पारेका थिए ।


समुदायका तर्फबाट अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एसोसिएसन(एन्जा)का उपाध्यक्ष प्रकाश हुमागाईंले अनेसासले हालसम्म गरेको प्रगति र कार्यप्रति प्रशंसा गर्दै भावी दिनमा अझै उदाहरणीय काम गर्न शुभकामना दिए ।

एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा अनेसासको भूमिका उल्लेखनीय रहेको बताउँदै यस्तो काममा एनआरएनए हातेमालो गर्न तत्पर रहेको बताए ।

विशिष्ठ अतिथि एवम साहित्यकार ज्ञानुवाकर पौडेलले नयाँ कार्यसमितिलाई शुभकामना दिए । कार्यक्रममा प्राध्यापक गार्गी शर्मा, नेपाली समुदायका अगुवा डा.नारायण प्रधान, इन्द्र वन, डा.शमशेर सिंह थापा, नारी निकुन्ज अष्ट्रेलियाको अध्यक्ष संगीता चापागाइँलगायतको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया