शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २३:३४ |सिड्नीको समय: २१:३४ |काठमाडौंको समय: १७:१९

अस्ट्रेलियाले जित्यो यू–१९ क्रिकेट विश्वकप क्रिकेटको उपाधि

एएनजेड खबरफ्रेब्रवरी १२, २०२४

काठमाडौँ । अस्ट्रेलियाले यू–१९ क्रिकेट विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनलमा भारतलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्वकपको उपाधि जितेको हो ।

अस्ट्रेलियाले दिएको २५३ रनको लक्ष्य पछ्याएको भारतले ४३।५ ओभरमा अलआउट हुँदै १७४ रन बनाएपछि अस्ट्रेलिया ७९ रनले विजयी भएको हो ।यसअघि अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

योसँगै अस्ट्रेलियाले चौथो पटक यू–१९ विश्वकपको उपाधि जितेको छ । यसअघि अस्ट्रेलियाले सन् १९८८, २००२ र २०१० मा यू–१९ विश्वकप जितेको थियो । पछिल्ल्लो पटक अस्ट्रेलिया सन् २०१८ मा फाइनलमा भारतसँग पराजित भएको थियो ।

पाँच पटकको उपाधि विजेता भारतले चौथो पटक फाइनल हारेको हो । केही समयअघि भएको सिनियर भारतीय टोलीले भारतमै भएको विश्वकप अष्ट्रेलियासँग गुमाएको थियो ।

तपाइँको प्रतिक्रिया