शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २३:२१ |सिड्नीको समय: २१:२१ |काठमाडौंको समय: १७:०६

जनसम्पर्क समिति क्यानबेरा र मन्त्री साउदबिचको अन्तरक्रियामा उठाइयो मुख्य तीन मुद्दा

एएनजेड खबरफ्रेब्रवरी १३, २०२४

काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदसमक्ष जनसम्पर्क समिति क्यानबेराले बृहत अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा मुख्यगरी तीन मुख्य मुद्दामा छलफल भएको छ ।

जनसम्पर्क समिति क्यानबेराका सभापति ललित मल्लका अनुसार मन्त्री साउदसँग अष्ट्रेलियामा रहेका नेपालीहरु ब्यहोरिरहेको समस्या, लगानीको संभावना र नागरिकताका सवालमा मुख्यगरी छलफल भएको छ ।

गैरआवासीय नेपाली नागरिकता लिंदा खेप्नुपरेको सास्ती र वैधानिक वाधा अडचनका विषयमा डा.सिताराम घिमिरेले पावरपोइन्टमार्फत कार्यपत्र प्रश्तुत गरे । उनले गैर आवासीय नेपाली नागरिकता लिंदाको सास्ती न्यूनिकरण र अधिकारका विषयमा सरकारले सहजीकरण गरिदिन आग्रह गरे । उनले भारतको डायस्पोराको उपलब्धी र नेपालको सन्दर्भमा चर्चा गरे ।

अन्तरक्रियामा डा.कृष्ण हमालले वैदेशिक लगानीको बारेमा चर्चा गर्दै नेपाल र अष्ट्रेलियाविचको व्यापारको अभिबृद्धि गर्न नेपालमा लगानी बढाउने सवालमा प्रभावकारी विषयहरु उठान गरे । त्यस्तै उनले एनआरएनएको वैधानिक व्यवधारनका विषयामा जानकारी गराउँदै तत्काल त्यसको समाधानमा पलह गर्न अनुरोध गरे ।

त्यस्तैगरी अष्ट्रेलियामा रहेका नेपाली समूदायको जनसरोकार र नेपाली दूताबासको सेवामा सुधार भएको भएपनि अझै प्रभावकारी बनाउन सहभागीहरुले माग गरे । अन्तरक्रियामा नेपाल–अष्ट्रेलिया सिधा हावाई उडानको प्रक्रिया चाँडो अघि बढाउन नेपालीहरुले माग राखे । अष्ट्रेलिया भ्रमणमा आउने नेपाली अभिभावकहरुको अनिवार्य विमाको व्यवस्था गर्न, भिसा अफिस भारतबाट नेपालमा सार्न पनि माग अघि सारिएको छ ।

उठेका विषयहरुमा मन्त्री साउदले सकरात्मक प्रतिवद्धता जनाउँदै चाँडै ई–पासपोर्ट सेवा सूचारू हूने र हूलाकमार्फ़त घर–घरमा उपलब्ध गराउने प्रतिबद्धता जनाए । जनसम्पर्क समिति क्यानबेराका अध्यक्ष ललित मल्लको संयोजकत्वमा भएको कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश नरसिंह गुरुङ, अष्ट्रेलियास्थित आवासीय नेपाली राजदूत कैलाशराज पोखरेल, विश्व हिन्दु महासंघकी उपाध्यक्ष ज्योत्सना अधिकारी साउद, जनसम्पर्क राज्य समिति एनएसडब्लुका संयोजक सितल खाँड, एनआरएनए सचिब ज्ञानेन्द्र रेग्मीलगायत विभिन्न नेपाली समुदायहरुको बाक्लो उपस्थिति थियो ।

कार्यक्रममा जन सम्पर्क समिति अष्ट्रेलिया र एनआरएनए अष्ट्रेलियाले भिन्ना भिन्नै ज्ञापन पत्र बुझाएको थियो । सो अवसरमा मन्त्री साउदलाई बृहत अभिनन्दन गर्दै मायाको चिनो प्रदान गरिएको थियो ।

तपाइँको प्रतिक्रिया