शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०९:४९ |सिड्नीको समय: ०७:४९ |काठमाडौंको समय: ०३:३४

झापाली समाज अष्ट्रेलियाको अध्यक्षमा अशोक उप्रेती निर्विरोध निर्वाचित

एएनजेड खबरफ्रेब्रवरी १८, २०२४

सिड्नी । झापाली समाज अष्ट्रेलियाको अध्यक्षमा अशोक उप्रेती निर्विरोध निर्वाचित भएका छन् । समाजको शनिबार सिड्नीमा सम्पन्न साधारण सभामा उप्रेती सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् ।

समाजको उपाध्यक्षमा ज्वलन्त खतिवडा, महासचिबमा ज्योति सिटौला, सचिबमा प्रकाश पौड्याल, कोषाध्यक्षमा दिपेन्द्र ओडारी चयन भएका छन् । सदस्यहरुमा अमित श्रेष्ठ, कौशलराज निरौला, दिवसजंग रायमाझी, पोणिन्द्र निरौला, नारायण गौतम(नविन), दिपेन्द्र बुढाथोकी, सृजना पाण्डे प्रसाईं, कृष्ण विमली किरण र दिपेश मिश्र चयन भएका छन् ।

साधारण सभाले समाजको संरक्षकका रुपमा दिनेश पोखरेल, दिपक खनाल, दिपक चुडाल, उमेश पोखरेल र निरन्जन प्रसाईलाई चयन गरिएको छ ।

साधारण सभामा नेपाली समाजका अगुवाहरु र सामाजिक अभियन्ताहरुले नव निर्वाचित समितिलाई बधाई दिंदै अघिल्लो कार्य समितिको कार्य प्रगतिबारे प्रशंसा गरेका थिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले समाजले लामो समयदेखि अष्ट्रेलिया र नेपालमा समेत सामाजिक क्षेत्रमा उल्लेख्य काम गरेको स्मरण गर्दै एनआरएन अष्ट्रेलिया आगामा दिनमा समाजसंगै हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।

एनआरएनए आईसीसी सचिब ज्ञानेन्द्र रेग्मीले झापाली समाज अष्ट्रेलियामा अग्रणी भूमिकामा रहेको भन्दै त्यसको प्रशंसा गरे । समाजको संरक्षक समेत रहेका एनआरएन ओसिनिया रिजनल संयोजक दिनेश पोखरेलले समाजले गर्दै आएको कार्य प्रगतिको प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रो काम गर्ने जनाउँदै नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिए ।

कार्यक्रममा एनआरएनए आइसीसी सल्लाहकार दिनेशराज जोशी, एनआरएन अष्ट्रेलियका पूर्वअध्यक्ष नन्दु गुरुङ, अग्रज पत्रकार हेमन्त काफ्ले, रुपन्देही सामाजिक संजालका अध्यक्ष दिवाकर काफ्ले, अष्ट्रेलियन नेप्लीज जर्नालिष्ट एसोसिएसन(एन्जा)का उपाध्यक्ष प्रकाश हुमागाई, झापाली समाजका अगुवा भूपाल सिटौला , प्रवासी नेपाली मन्च एनएसडव्ल्यू संयोजक कृष्ण सापकोटा लगायतले समाजको नयाँ कार्य समितिलाई बधाई दिंदै मन्तब्य राखे ।

नेपाली समुदायका अभियन्ताहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा झापाली समाज अष्ट्रेलियाका संस्थापक भवानी ओलीले समाजले निरन्तर सिर्जनात्मक कामहरु गर्दै जाने र भावी दिनमा अझ शसक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

तपाइँको प्रतिक्रिया