शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: २३:०६ |सिड्नीको समय: २१:०६ |काठमाडौंको समय: १६:५१

तेन्जिङ नोर्गे सम्बन्धी फिल्म बन्ने, नेपाली कलाकारको खोजी सुरु

एएनजेड खबरफ्रेब्रवरी २०, २०२४

सिड्नी । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे र आरोहणमा सम्बन्धित शेर्पाहरुको विषयमा निर्माण गरिने चलचित्रका लागि कलाकार खोजी शुरु भएको छ ।

अष्ट्रेलियन निर्देशक जेनिफर पिडिमले बनाउने शेर्पाहरूको जीवनमा आधारित फिल्म ‘तेन्जिङ’ मा अभिनय गर्ने कलाकारको खोजी शुरु गरिएको हो । कलाकार अष्ट्रेलिया र न्यूजिल्याण्डमा बसोबास गर्ने तिब्बती, शेर्पा एवम नेपाली समुदायका व्यक्तिलाई प्राथमिकता दिइएको छ ।

नेपाल र न्युजिल्याण्डमा छायांकन हुने फिल्मका लागि तिब्बती, शेर्पा वा नेपाली मध्येबाट तेन्जिङ नोर्गेको चरित्र निर्वाह गर्नका लागि कलाकार खोजिएको हो।

उक्त भूमिकाका लागि निर्माण पक्षले आवेदन माग गरेको छ । आवेदनमाथि छानबिन गरेर कलाकार चयन गरिने जनाइएको छ। गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आवेदनको सूचना आफ्नो फेसबुकमा राखेका छन् ।

तेन्जिङ नोर्गेको किशोर वा युवा अवस्था र बयस्क अवस्थाको भूमिकाका लागि कलाकार माग गरिएको छ । निर्माण पक्षले ३५–४५ बर्ष र १८–२६ बर्ष उमेर समूहको तन्दुरुस्त शरीर भएको कलाकार खोजी गरिएको हो । कलाकार हिमाली (नेपाली, शेर्पा वा तिब्बती) अनुहार हुनुपर्ने र तेन्जिङ नोर्गेको भूमिकामा देखाउन सकिने हुनुपर्नेछ ।

तपाइँको प्रतिक्रिया