शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १८:२३ |सिड्नीको समय: १६:२३ |काठमाडौंको समय: १२:०८

अमेरिकन नागरिक अन्ना स्टिरलाइ कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार

एएनजेड खबरफ्रेब्रवरी २३, २०२४

पर्वत । २०८० साल फागुन ६ गते, कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन नागरिक अन्ना स्टिरले पाउने भएकी छिन् ।

कालीभक्त पन्तको बत्तिसौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार अन्नालाई दिने घोषणा गरिएको हो । नेपाली लोक गीतरलोक दोहिरीको विधामा विद्यावारिधी गरेकी, नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान, कृतिहरु प्रकाशन, लोकवार्ता र संस्कृतिको विदेशमा समेत प्रचार(प्रसार गरी अव्दितीय योगदान पुर्याएकी उनी हवाई विश्वविद्यालयको सं.रा.अमेरिकाका सहप्राध्यापक एवं सोही विश्वविद्यालयको साउथ एसियन स्टडिजका निर्देशक हुन् ।

विगत छ वर्षदेखि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । नेपालमा रू १,०१,०००।– र विदेशमा १००१ अमेरिकी डलर राशि तथा सम्मानपत्र सहित यो पुरस्कार प्रदान गरिन्छ ।

यस अघि सत्यमोहन जोशी((२०७५), कृष्ण कंडेल (२०७६), तुलसी दिवस– (२०७७), प्रा.डा. चुडामणी बन्धु(२०७८) र कुमार वस्नेत(२०७९)लाई प्रदान गरिएको यस पुरस्कार पाउने पहिलो विदेशी नगरिक अन्ना स्टिर भएकी छिन् ।

स्मृति दिवस २०८० कै अवसरमा श्रष्टा सम्मान तथा विभिन्न विधामा स्थापित छात्रवृत्तीसमेत वितरण गरिएको थियो कुरा सँस्थाका अध्यक्ष प्रा डा पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले बताए ।

कार्यक्रम पर्वत,फलेवास स्थित रेहको प्रतिष्ठानको भवनमा भएको थियो। सोही कार्यक्रममा कालि भक्तका साइला छोरा गोविन्द प्रसाद पन्त र राइला छोरा शोभा भक्तद्वारा स्थापित छात्र बृति, कुर्घा, लिमिठाना र खाल्ले स्कुलाका जेहेन्दार विद्यार्थीलाई बितरण गरिएको थियो।

तपाइँको प्रतिक्रिया