सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: १८:३६ |सिड्नीको समय: १६:३६ |काठमाडौंको समय: १२:२१

अब नेपालीहरुले कामदारको रुपमा जापान जान पाउने, विशिष्ट सीप आवश्यक

एएनजेड खबरफ्रेब्रवरी २५, २०२४

काठमाडौं । नेपाली युवाहरु कामदार भिसामा जापाना जान पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष सीप (स्पेसल स्किल)भएका कामदार (एसएसडब्लु)पठाउने कार्यविधि स्वीकृत गरेसँगै नेपालीहरु कामदार भिसामा जापान जान पाउने भएका हुन् ।

यसबारे नपाल र जापानबीच सन् २०१९ मा नै सम्झौता भएको मन्त्रालयले जनाएको छ । तर, कार्यविधि नबनेकाले यसको प्रक्रिया अघि बढेको थिएन। माघको अन्तिम साता यसबारेको कार्यविधि स्वीकृत भइसकेको छ ।

जापानले हरेक वर्ष कम्तिमा २० हजार नेपाली कामदार लैजाने मन्त्रालयको अनुमान छ । सम्झौता जीटूजी भएकाले यतिनै लैजान्छ भनेर यकिन भने छैन् । सुरुमा जापानका रोजगारदाता कम्पनीहरुले ५ वर्षका लागि तोकिएका सिप भएका नेपाली कामदार लैजान्छ । तर, हरेक वर्ष, ६ महिना वा हरेक ४ महिनामा भिसा रिन्यू गर्नुपर्ने हुन्छ ।

जापानले विशिष्ट सीप भइ दक्षता हाँसिल गरेकाहरुलाई एसएसडब्लु अन्तर्गत विश्वका धेरै देशहरुबाट आफ्नो देशमा कामदार लैजाने गरेको छ । नेपाली कामदरलाई जापानकै बेसिक स्यालरी अनुसारकै तलव हुनेछ । नेपाली तलब करिब तीन लाखको हाराहारीमा हुनेछ । यसरी जानका लागि जापानिज भाषा र विशेष सिपको आवश्यक पर्ने र विभिन्न १२ वटा क्षेत्रकालागि कामदार लैजाने उल्लेख छ ।

तपाइँको प्रतिक्रिया