बिहीबार, वैशाख २०, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ०५:०१ |सिड्नीको समय: ०३:०१ |काठमाडौंको समय: २२:४६

अष्ट्रेलियामा नेपाली अगुवा डा.नारायण प्रधान र इन्द्रा वनलाई भब्य सम्मान

एएनजेड खबरफ्रेब्रवरी २५, २०२४

सिड्नी । पहिलो पटक अष्ट्रेलिया आइपुगेका नेपाली अगुवा डा.नारायण प्रधान र इन्द्रा वनलाई एक भब्य समारोहबिच ‘गोल्डेन जुबिली अवार्ड’ प्रदान गरिएको छ ।

अष्ट्रेलियामा नेपाली समुदाय बसोबास गरेको ५० बर्ष पुगेको अवसरमा सिड्नीस्थित लुक्ला टेलिभिजन र भिएफएमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी उक्त अवार्ड प्रदान गरेको हो । डा.प्रधान र वन पहिलो पटक अष्ट्रेलिया पुग्ने नेपाली हुन् । उनीहरुसँगै डा.प्रधानका धर्मपत्नी लिलालाई पनि सम्मान गरियो ।

सयौं नेपालीलगायत अन्य समुदायका व्यक्तिहरु उपस्थित समारोहमा डा.प्रधान र बमलाई नेपाली राजदुत कौलाशराज पोखरेल, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, अष्ट्रेलियाका संघीय तथा राज्यसभाका सांसद्हरुले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।

डा.प्रधान र वन सन् १९७३ ताका अष्ट्रेलिया पुगेपछि नेपाली समुदायको उपस्थिति बाक्लिएको एवम नेपाल–अष्ट्रेलियाबिच कुटनीतिक सम्बन्ध विस्तार भएको मानिन्छ । त्यसपछि दुवै देशका सरकारको पहलमा दूताबास र कुटनीतिक नियोगहरु स्थापना भएको मानिन्छ । अवार्ड समारोहमा राजदूत पोखरेलले सम्मानित व्यक्तिहरुले नेपाल–अष्ट्रेलिया सम्बन्ध विस्तारमा खेल्नुभएको भूमिकाको उच्च प्रशंसा गरेका थिए ।

अवार्ड वितरणपछि एनआरएनए अध्यक्ष पोखरेलले एक सन्देशमार्फत नेपालीहरुले अष्ट्रेलियामा बसेर गरिरहेको संघर्ष, नेपाली भाषा, संस्कृति र कलामार्फत मातृभूमी चिनाउन गरिरहेको प्रयासको प्रशंसा गरे । उनले डा.प्रधान र वनले गर्नुभएको त्याग, समर्पण र संघर्षको प्रशंसा गर्दै उहाँहरुले देखाउनुभएको बाटोलाई पछ्याउनुपर्ने बताए ।

तपाइँको प्रतिक्रिया