शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: १७:१० |सिड्नीको समय: १५:१० |काठमाडौंको समय: १०:५५

३० बर्षदेखि दुधमात्र पिएर बाँचिरहेका भक्तराज आचार्यको निधन

एएनजेड खबरफ्रेब्रवरी २६, २०२४

काठमाडौं । भजन शिरोमणीका रुपमा चर्चित वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपरान्ह घरमै रहँदा अक्सिजन लेभल घटेपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । उनी ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।

८२ वर्षको उमेरमा उनको निधन भएको हो ।गत दशैंमा लडेर टाउकोमा चोट लागेको थियो । त्यसपछि उनी घरमै आराम गरिरहेका थिए । आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् । स्वरसम्राट नारायणगोपालका समकालीन गायक उनी १९९९ सालमा धनकुटामा जन्मिएका हुन् ।

भक्तराज पिता बलभद्र र मात रेनुकाको कोखबाट सन् १९४२ मा जन्मिएका थिए । उनका दुइ सुुपुत्र सत्यराज र स्वरुपराज पनि संगीत साधनामा पिताजीकै पथमा सक्रिय रहेका छन् । मुटु जलिरहेछ, जति चोट दिन्छौं, जहाँ छन् बुध्दका आँखा, हजार सपनाहरुको, माया मेरी साँझ बनि, हजार आँखा हेर्ने, कोही नगरोस् प्रेम, एकदिन जस्ता अमर गीतहरु जनमनमा भिजेका छन्। त्यसैगरी लोकप्रिय भजनहरुमा एक दिन मैले प्रभूसँग, राम यहीँ छन्, भगवान जीवन नाउ, दुर्गे देउ भक्ति मलाई, तन मन वचनले हुन्।

आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ ।

तपाइँको प्रतिक्रिया