शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: ००:२७ |सिड्नीको समय: २२:२७ |काठमाडौंको समय: १८:१२

नेपालमा लगानीबारे सिड्नीमा बहस, निर्धक्क लगानी गर्न राजदूत पोखरेलको आग्रह

एएनजेड खबरफ्रेब्रवरी २७, २०२४

नेपाली राजदूतावास अष्ट्रेलिया र गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको संयुक्त आयोजनामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम गत शनिवारमा सिड्नीमा आयोजना गरिएको छ । आगामी वैशाख १६ र १७ गते नेपालमा आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई लक्षित गर्दै नेपाल लगानीयोग्य मुलुक भएको सन्देश दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

क्यानबेरास्थित नेपाली दूताबास र गैर आवासीय नेपाली संघको संयुक्त आयोजना गरिएको कार्यक्रममा राजदूत कैलाशराज पोखरेलले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्यका रुपमा चित्रण गराए । राजदूत पोखरेलले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारले नीतिगत सुधार गरेको जानकारी दिए । साथै उनले सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाली उद्यमी व्यवसायीलाई आग्रह गरे ।

एनआरएनए अध्यक्ष अनिल पोखरेलले गैर आवासीय नेपालीहरु नेपालमा नेपालमा लगानी गर्न तयार रहेपनि लगानीको प्रतिफल बिनाझन्झट प्राप्त गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताए । उनले लगानी गर्न प्रशस्त नीतिगत सुधार गर्नुपर्ने सुझाव औंल्याए ।

दूतावासका प्रथम सचिव भोगेन्द्र लिङ्देनले लगानी सम्मेलनका विविध पक्षबारे जानकारी दिए । उद्यमी एवम नेपाली समुदायका अगुवा मन केसीले नेपालमा लगानीको वातावरण तयार गर्न सरकारले प्रशस्त काम गर्नुपर्ने र गैर आवासीय नेपाली उद्यमीहरुलाई लगानी गर्न प्रोत्साहित गर्नुपर्ने बताए । कार्यक्रममा अष्ट्रेलियाका चर्चित व्यवसायी एवम उद्यमीहरुको बाक्लो उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया