शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ११:०७ |सिड्नीको समय: ०९:०७ |काठमाडौंको समय: ०४:५२

अष्ट्रेलियामा रहेका सलिना र आर्यनले डकुड्रामा बनाउने

एएनजेड खबरमार्च ७, २०२४

काठमाडौं । निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले आर्यन पौडेलसँग मिलेर डकुड्रामा ‘हामी छौं’ निर्माण गर्ने भएकी छन् । यो डकुड्रामामा उनीहरुको नै मुख्य भुमिका रहनेछ । डकुड्रामाको निर्देशन कसले गर्ने भनेर टुंगो लागिसकेको छैन ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने डकुड्रामामा नाम चलेका निर्देशक नै लिने तयारी सलिनाको छ । उनी र आर्यन यो ड्रामाको छायांकनको लागि आगामी मेमा नेपाल आउँदैछन् । उनीहरु दुवै जना लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।

यो डकुड्रामामार्फत सात प्रदेशबाट सातजना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिनेछ । जो वास्तविक जीवनमै पीडित छन् । हरेक मान्छेलाई हरेक एपिसोडमा आर्थिक सहयोग गर्ने तयारी सलिना र आर्यनको छ । डकुड्रामाको उद्देश्य आर्थिक रुपमा कमजोर, अशक्त मानिसलाई सहयोग गर्ने रहेको सलिनाले बताइन् ।

सात एपिसोड निर्माण गरिने डकुड्रामालाई सात जना निर्देशकले नै निर्देशन गर्नेछन् । निर्देशकको नाम चाँडै घोषणा गरिनेछ । डकुड्रामाको संगीत शम्भुजित बास्कोटाले दिनेछन् भने गीत आनन्द अधिकारीले लेख्नेछन् । हाललाई यो ड्रामाको बजेट ५० लाख छुट्याइएको छ । सलिना अहिले अस्ट्रेलियाको सिड्नीमा र आर्यन ब्रीज्बेनमा कार्यरत छन् । अहिले दुवैजना अस्ट्रेलियाको सोसल मिडियामा भाइरल छन् ।

तपाइँको प्रतिक्रिया