बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १९:२२ |सिड्नीको समय: १७:२२ |काठमाडौंको समय: १३:०७

शेष घले समूहको एनआरएनए अलग्गै महाधिवेशनको तयारी अन्तिम चरणमा

एएनजेड खबरमार्च १३, २०२४

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घले समूहका अध्यक्ष विनोद कुँवर नेतृत्वको एनआरएनएले अलग्गै महधिवेशनको तयारी अन्तिम तयारी गरिरहेको छ । उक्त समूहको मिडिया एन्ड पब्लिकेशन कमिटीका अनुसार ११ औं महाधिवेशन तथा विश्व सम्मेलन मार्च १६ र १७, २०२४ अर्थात बि स २०८० फागुन ३ र ४ गते काठमाडौंमा हुँदैछ । महाधिवेशन सफल रुपमा सम्पन्न गर्नको लागि संघले तिब्र रुपमा तयारी गरेको छ।

बिश्वका २५ भन्दा धेरै देशका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी( र ४० भन्दा धेरै देशका प्रतिनिधिहरुले भाग लिने भएका छन्। महाधिवेशनको लागि बिश्वभरिबाट गैरआवासीय नेपाली नेपाल आउन थालेका छन् ।

महाधिवेशन तथा बिश्व सम्मेलनका आकर्षणका बिषयहरु– जलवायु परिवर्तन र वैकल्पिक उपाय, नेपालको पर्यटन प्रबर्धन, गैर आवासीय नेपाली नागरिकता, बैदेशिक रोजगारी र श्रमिकहरुका समस्या, विदेशमा बस्ने नेपालीहरुको मताधिकारमा पछिल्ला गतिबिधि र हाम्रो योगदान, दोश्रो पुस्ता र महिला जस्ता रहेका छन्।

तपाइँको प्रतिक्रिया