शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: २१:२१ |सिड्नीको समय: १९:२१ |काठमाडौंको समय: १५:०६

एनएडिएफ अष्ट्रेलियाको रजत जयन्तीमा नेपाली डायस्पोराको चर्चा, ४० लाख नेपालीको योगदानको प्रशंसा

एएनजेड खबरमार्च १९, २०२४

सिड्नी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालको समृद्धि र विकासमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण रहँदै आएको बताएका छन् । उनले नेपाल निर्माण गर्न नेपाल भित्रकै जनशक्ति प्रधान हुने भन्दै उनले नेपाली डायस्पोराको भूमिका यसमा झनै महत्वपूर्ण रहँदै आएको बताए ।

उनले नेपाल र नेपाली भुगोल नभएपनि नेपाली भावना रहेको डायस्पोरालाई देश विकासमा प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरे । प्रजातान्त्रिक विचार र सिद्धान्तको प्रवद्र्धनमा सक्रिय संस्था नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरोम (एनएडिएफ) अष्ट्रेलियाको आफ्नो रजत जयन्तीमा प्रमुख अथितिका रुपमा सिड्नी पुगेका महामन्त्री शर्माले नेपालको समृद्धीको लागि चार चिज महत्वपुर्ण रहेको बताउदै मुलकको जनशक्ती, नेपाल बाहिरको नेपाली जनशक्ती, भारत र चीनसँगको सम्वन्ध र बाँकी विश्व अहिलेको प्रमुख मुद्दा रहेको बताए ।

१६ मार्च शनिवार ईन्द्रेणी फंक्सन सेन्टरमा सरोकारवालाहरुकाबीचमा अन्तरक्रिया सहित विविध कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले नेपाली राजनीति बदलियोस् भन्ने चाहना आम नागरिकको रहेको भन्दै आफैबाट रुपान्तरणको प्रयास थाल्न पनि सुझाए । सरकारबाट बाहिरिने र दोहोरिने प्रवृत्तिले मात्रै देश विकास सम्भव नहुने बताए ।

हिंसात्मक द्धन्द्ध भन्दापनि राजनीति अस्थिरताले देश संकटमा परेको उनको भनाई थियो । नेपालको बिकास र समृद्धिमा मुलुक बाहिर रहेका चालिस लाख नेपालीको भुमिका अत्यन्तै महत्वपुर्ण रहेको औल्याउँदै विदेशमा बस्ने नेपालीहरुको सीप र दक्षता भित्र्याउन आजको आवश्यकता रहेको औलाए । महामन्त्री शर्माले गैर आवासीय नेपाली नागरिकता पनि वंशज र अगिकृतजस्तै नागरिकता भएकाले बिदेशमा बस्ने नेपालीलाई भिषा लिनुपर्ने, जग्गा जमिन भोगचलन गर्दा वाधा अडचन आउनु हास्यास्पद बिषय भएको बताए ।

शर्माले नेपाल भन्दा भौगोलिक आधारमा निकै ठुलो भएता पनि जनसंख्याको आधारमा सानो रहेको अष्ट्रेलियाम नेपाली समुदायले गरेको प्रगती उन्नती लोभलाग्दो रहेको आफुले पाएको सुनाए । चिकित्सा बिज्ञानमा डेड हर्ट ट्रान्सप्लान्ट गरेर किर्तिमान कायम गर्ने डा कुमुद धितालदेखि धेरै खाले बिधामा बिज्ञता हासिल गरेका नेपालीहरुको उपस्थीती आफैमा महत्वपुर्ण रहेको शर्माको भनाइ थियो ।

शर्मासँगै अष्ट्रेलिया पुगेका कांग्रेस सहमहामन्त्री भीष्मराज आङदम्बेले प्रवासी नेपाली मुलुकको उन्नतीको एउटा बलियो आधार रहेको बिचार ब्यक्त गरे । आङदम्बेले अष्ट्रेलियामा डेमोक्रयाटीक बिचार बोक्ने साथीहरुले खोलेको संस्थाको रजत महोत्सव मनाउन आउन पाउनु सबैको लागि खुसीको कुरा भएको बताए । आङ्दम्बेले विदेशमा सिकेका सीप र सकारात्मक उर्जा लिएर नेपाल आउन आग्रह गरे ।

कार्यक्रममा संस्थाका पुर्वअध्यक्षहरु छिरीङ लामा, सुरेन्द्र सिग्देल, ,गणेश केसी, डिल्ली ढकाल, बालचन्द्र भट्टराइ, विवेक थापा, महेन्द्र लम्साललाई नेता बिश्व प्रकाश शर्मा र आङदम्बेले सम्मानपत्र र खादाले सम्मान गरेका थिए ।

संस्थाका अध्यक्ष भिष्म भण्डारीको सभापतीत्वमा सम्पन्न कार्यक्रममा महासचिब प्रकाश हुमागाइले कार्यक्रमबारे प्रष्ट पारेका थिए । कार्यक्रममा एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अष्ट्रेलियामा प्रारम्भीक दिनहरुमा राजदुतावास र एनआरएन नहुँदा यस्तै खाले संस्थाहरुले मुलुकको प्रतिनिधित्व गरेको उदाहरण सुनाए ।

कार्यक्रममा एनआरएन ओसेनिया क्षेत्रीय संयोजक दिनेश पोखरेलले एनएडीएफले अस्ट्रेलियन भुमिमा आफ्नो २५ बर्षको इतिहास कायम गर्नु आफैमा महत्वपुर्ण बिषय भएको बताउँदै रजत जयन्तीको अवसरका यसका सम्पुर्ण पदाधिकारीलाई बधाइ ज्ञापन गरे ।

संस्थाका उपाध्यक्ष छबि सापकोटाले आगन्तुकलाई स्वागत गरेका थिए भने एनआरएनका उपाध्यक्ष बिनोद श्रेष्ठ, राजनीतिक दलहरुकातर्फवाट अच्युत थपलिया, प्रबीण कडेंललगायतले शुभकामना मन्तब्य राखे । त्यस्तै आईसीसी सदस्य दुर्गा आचार्य, ओएनयूएफका राजन थपलिया, प्रवासी नेपाली मञ्च न्यू साउथ वेल्स संयोजक कृष्ण सापकोटा, जनसम्पर्क समिति अष्ट्रेलिया न्यू साउथ वेल्स राज्य संयोजक शितल गिरी, एनएडिएफ पूर्वअध्यक्षहरु सुरेन्द्र सिग्देल, महेन्द्र लम्साल, डिल्ली ढकाल, गणेश केसी र विवेक थापा लगायतले मन्तव्य राखे ।

कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्षहरु, नारी निकुञ्ज अष्ट्रेलिया संयोजक संगीता चापागाइँ हिमानी ट्रष्ट अष्ट्रेलियाकी अञ्जना बस्नेत कार्की, पोखरा समाज अष्ट्रेलियाका तारा गुरुङलगायतको उपस्थिति थियो । प्रकाश हुमागाइँ र प्रतिज्ञा अधिकारीले सहजीकरण गरेको कार्यक्रममा एनएडीएफले २५ बर्ष पूरा गरेकोमा प्रशंसा समेत गरिएको थियो ।

तपाइँको प्रतिक्रिया