सोमबार, वैशाख १७, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: २१:४४ |सिड्नीको समय: १९:४४ |काठमाडौंको समय: १५:२९

कतारको कारागारमा ६५ जनाभन्दा बढी नेपाली

एएनजेड खबरमार्च २४, २०२४

काठमाडौं । कतारमा अहिले ३ लाख १२ हजार ६ सय ५० जना नेपाली कार्यरत छन् । तर केन्द्रीय कारागारमा ६५ जनाभन्दा बढी नेपालीले जेल जीवन बिताइरहेका छन् ।

उनीहरू मादक पदार्थ सेवन गर्ने र बेच्ने, आर्थिक हिनामिना, चोरी र गाडी दुर्घटनाका कारण जेल परेका हुन् । कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालका अनुसार ६५ जना नेपाली कतारको जेलमा छन् ।

‘कानुनी कारबाहीको सिलसिलामा अदालती प्रक्रिया पूरा गरी सजाय भुक्तानीका लागि उनीहरू जेलमा रहेको राजदूत ढकालले बताए । कतारमा मादक पदार्थ सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । कतारले मुस्लिम धर्मावलम्बीको पर्व रमजान र राष्ट्रिय दिवसका अवसरमा असल चालचलन भएका कैदीबन्दीलाई आममाफी दिँदै आएको छ ।

मादक पदार्थ ओसारपसार गर्ने कार्यमा जेल परेकालाई र जेल अवधि भुक्तान गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पुनः कतार फर्कन नपाउनेगरी डिपोर्ट गर्ने गरिएको छ ।

तपाइँको प्रतिक्रिया