सोमबार, वैशाख १७, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०२:०४ |सिड्नीको समय: ००:०४ |काठमाडौंको समय: १९:४९

फ्रान्सको नेपाली दूतावासको टोली पोर्चुगलमा, राहदानी सेवा दिन सुरु

एएनजेड खबरमार्च २६, २०२४

काठमाडौं । राहदानी सेवा प्रदान गर्नका लागि फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आइपुगेको छ। विद्युतीय राहदानीका लागि दरखास्त संकलन गर्न दूतावासका नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको टोली राजधानी लिस्बन आइपुगेको हो।

लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा दूतावासको टोलीले लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी आइतबारबाटै राहदानी सेवा दिन सुरुवात गरेको छ।

आइतबार पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका, राहदानी हराएका, पोर्चुगलको अध्यागमन निकाय (आइमा) मा बायोमेट्रिकका लागि समय लिइसकेका र पोर्चुगलमा जन्मेका बालबालिकाका गरी ५४ जनाको विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गरिएको टोलीले जनाएको छ।

टोलीले राहदानी हराएका, क्षति भएका, २०२३ डिसेम्बर ३१ सम्म म्याद सकिएका, पोर्चुगलको अध्यागमन निकाय (आईमा) मा २०२४ अप्रिल ३० सम्म बायोमेट्रिकका लागि समय लिइसकेका तथा पोर्चुगलमा जन्मेका बालबालिकाको प्राथमिकताका आधारमा विद्युतीय राहदानीका लागि जैविक तथ्यांक संकलन गर्ने टोली प्रमुख एवं नेपाली दूतावास, फ्रान्सका नियोग उपप्रमुख बस्नेतले जानकारी दिए।

तपाइँको प्रतिक्रिया