शनिबार, वैशाख १५, २०८१ |Sat Apr, 2024
अक्ल्याण्डको समय: ००:५८ |सिड्नीको समय: २२:५८ |काठमाडौंको समय: १८:४३

युएई पुगेका ११ नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारवाही हुने

एएनजेड खबरमार्च २७, २०२४

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि युएई पुगेका नेपाली युवालाई अलपत्र पार्ने मेनपावरलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

युएई पठाएर १९ नेपाली युवालाई अलपत्र पार्ने काठमाडौँस्थित मेची इन्टरनेशनल ओभर्सिज प्रालिलाई कारबाही गर्न दूतावासले वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँलाई पत्राचार गरेको हो ।

‘नेपाली श्रमिक समस्यामा परेको खबर विभिन्न सञ्चार माध्यमबाट थाहा भएपछि समस्या समाधान गर्न दूतावासले कम्पनी र मेनपावर एजेन्सीसँग सम्पर्क गर्दा हप्ता दिनभित्र समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए’, श्रम सहचारी आविद अन्सारीले लेख्नुभएको पत्रमा भनिएको छ, ‘तर अहिले पनि समस्या जस्ताको त्यस्तै रहेको तथा समस्या समाधानका लागि कुनै पनि पहल नगरेको देखिएकाले मेनपावर तथा कम्पनीलाई आवश्यक कारबाही गर्न आदेशानुसार अनुरोध छ ।’

मेची इन्टरनेशनल ओभर्सिजका एजेन्टले क्लिनरको कामका लागि युएईको नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्युरिटी गार्ड सर्भिसेसमा पठाएको तर, कामदार करारनामा अनुसारको काम, तलब र सेवा सुविधा नपाउँदा नेपाली कामदार अलपत्र परेको खबर चैत–१ गते सार्वजनिक भएको थियो ।

कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका पर्शुराम राई र राजकुमार राई (एकाघरको दाजु(भाइ) सहित १९ जना नेपाली अलपत्र परेको खबर चैत–२ गते सार्वजनिक भएको थियो ।

तपाइँको प्रतिक्रिया