शुक्रबार, वैशाख २१, २०८१ |Fri May, 2024
अक्ल्याण्डको समय: ११:४४ |सिड्नीको समय: ०९:४४ |काठमाडौंको समय: ०५:२९

कर्णदासको अष्ट्रेलिया भिषा लाग्यो, टीकट “सोल्ड आउट” को नजिक

एएनजेड खबरअप्रिल १, २०२४

एडमन्सनपार्क- बार्डिया नेपलिज कम्युनिटीको आयोजनामा आगामी अप्रिल ५ तारिख शुक्रबार लोकप्रिय गायक कर्णदासले आफ्नो सांगितिक प्रस्तुति दिने निश्चित भएको छ ।

लिभरपुल स्थित स्थानिय क्याथोलिक क्लवमा आयोजना हुने सो सांगितिक साझको टीकट सबैजसो बिकिसकेको आयोजकले दाबी गरेका छन् ।
कम्युनिटीका अध्यक्ष एवं युवा सामाजिक अभियन्ता रन्जितराज वन्तले नेपाली नया वर्षको अबसर पारेर “अब आउने साल” कार्यक्रम गरिएको र भिषा लगायतका सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिएका छन् । एएनजेडसंगको कुराकानीमा वन्तले भने,”स्थानिय व्यवसायी र समाजसेवीहरूले कर्णदास सांगितिक साझप्रति देखाएको चासो र विश्वासले यो कार्यक्रमले सफलता चुम्नेमा हामी ढुक्क छौ, हामीले कार्यक्रमका लागि स्थानिय क्लवको हल लिएका हौ, अहिले टीकट सोल्डआउटको स्थितिमा पुगेकाले हामीले हल बढाउनुपर्ने पनि हुन सक्छ । जुन सुविधा स्थानिय क्लवको भवनमा छ ।”
कार्यक्रममा सिड्नीमै रहेकी गायिका सुजाता उपाध्याय र नेपाल आइडल सिजन ४ का प्रतिस्पर्धी आदेश पौडेलले पनि सांगीतिक प्रस्तुति दिने जनाइएको छ ।


सफाईर इस्टेट एजेन्ट लेपिंगटन र इम्पायर होम्स एण्ड कन्स्ट्रक्सनको मुख्य प्रायोजनी रहेको कार्यक्रममा अन्य व्यापारिक संस्थाहरूले पनि सहयोग गरेका छन् ।

तपाइँको प्रतिक्रिया