सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: १९:४६ |सिड्नीको समय: १७:४६ |काठमाडौंको समय: १३:३१

मुम्बई अर्बपतिहरुको हिसाबले तेस्रो स्थानमा, न्यूयोर्क पहिलो

एएनजेड खबरअप्रिल १, २०२४

एजेन्सी । भारतको मुम्बई शहर अर्बपतिहरू अर्थात अर्बपति बस्ने शहरको हिसाबले विश्वको तेस्रो स्थानमा उक्लिएको छ ।

अर्बपतिको हिसाबले न्यूयोर्क पहिलो स्थानमा छ । हुरुन ग्लोबल रिच लिष्ट २०२४ को रिपोर्टका अनुसार मुम्बईमा २६ नयाँ अर्र्बतिहरू थपिएसँगै ९२ अर्बपति बस्ने गर्दछन् ।

मुम्बईले चीनको बेइजिङलाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको हो । यसअघि १०९ अर्बपति रहेको बेइजिङमा १८ अर्बपति घटेर ९१ रहेको रिपोर्टमा उल्लेख छ ।

त्यस्तै चीनको शाघाईमा ८७, शेनजेनमा ८४, हङकङमा ६५, मस्कोमा ५९, भारतको नयाँ दिल्लीमा ५७ अर्बपति रहेको रिपोर्टमा उल्लेख छ ।

ग्लोबल रिच लिस्टका अनुसार एलन मस्क शिर्ष स्थानमा छन् भने जेफ बेजोस दोस्रो, बेर्नार्ड अर्नाल्ट तेस्रो, मार्क जुकर्बर्ग चौथो, लारी एलिसन र वारेन बफेट पाँचौं, स्टेभेन बल्लमेर सातौँ, बिल गेट्स आठौँ, लारी पेज नवौं र मुकेश अम्बानी १०औ स्थानमा रहेका छन् ।

तपाइँको प्रतिक्रिया