सोमबार, वैशाख १७, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०५:३५ |सिड्नीको समय: ०३:३५ |काठमाडौंको समय: २३:२०

भिजिट र विद्यार्थी भिसामा गएकाहरू रुसी सेनामा भर्ना, श्रम स्वीकृत खुला गर्दा जोखिम

एएनजेड खबरअप्रिल ७, २०२४

काठमाडौं । नेपालबाट भिजिट र विद्यार्थी भिसामा गएकाहरू रुसी सेनामा भर्ना भएको पाइएको छ। नेपाल सकारबाट श्रम स्वीकृति जारी नहुने भएको हुँदा रुसी सेनामा गएर मारिएका र सम्पर्कविहीन भएकाहरू सबैजसो भिजिट तथा विद्यार्थी भिसामा यूएई ट्रान्जिट बनाएर मस्को पुगेर रुसी सेनामा भर्ना भएको जानकारहरूले बताएका छन्।

त्यसमा पनि ठूलो हिस्सा कतार, दुबई, मलेसियामा काम गर्न पुगेका नेपालीहरूको छ। उनीहरू संगठित मानव तस्करको सहयोगमा त्यहाँ पुगेको अनुमान छ। गत मंसिर २० गते रुसको सेनामा भर्ती गराउने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको थियो।

विज्ञहरूले भने सरकारले युद्धग्रस्त मुुलुकमा नेपाली श्रमिक पठाउन अनुमति दिनुअघि त्यहाँ श्रमिकको जीवन रक्षा सुनिश्चित हुने्नहुनेबारे तथ्यपूर्ण विश्लेषण आवश्यक देखिने बताएका छन्।

सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमात्र १७ जना नेपालीको मृत्यु भएको छ। रुसी सेनामा भर्ना भएका १५ जना शव पहिचानका लागि भनेर नेपालीको डीएनए परीक्षण गर्न नमूना मागेको छ। रुसी सेनामा भर्ना भएका चार नेपाली युक्रेनी सेनाको कब्जामा छन्।

केही समय अगाडि नेपाली युवालाई भारत, यूएई हुँदै रुससम्म पुर्‍याउने १२ जनालाई प्रहरी पक्राउ गरी सार्वजनिक गरेको थियो। उनीहरूले विभिन्न माध्यमबाट विज्ञापन खोलेर सम्पर्कमा आएकाहरूलाई भारतबाट यूएई हुँदै भिजिट भिसामा रुस पठाउने गरेका थिए।

श्रम मन्त्रालयले युद्धग्रस्त देश रुस र युक्रेनमा नेपालीको मृत्यु भइरहेको जान्दाजान्दै श्रम स्वीकृति पुनः खोलिसकेको छ । फागुन १६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीको दबाबमा परी सचिवस्तरीय निर्णय गरी संस्थागत श्रम स्वीकृति खोलेको हो।

रुसका कतिपय क्षेत्र युद्धबाट सुरक्षित रहे पनि कतिपय क्षेत्रमा अझै जोखिम उच्च छ। सरकारले सुरक्षित र असुरक्षित क्षेत्रको कुनै विश्लेषणसमेत नगरी एकसाथ संस्थागत र व्यक्तिगत दुवै क्षेत्रबाट काम गर्न दिन सकिने गरी श्रम स्वीकृति खोलेको छ।

युद्धग्रस्त देश रुसमा पुगेर नेपालीहरू सेनामा भर्ना भइरहेको भन्दै गत पुस १९ गते बन्द गरेको श्रम स्वीकृति व्यक्तिका लागि फागुन ९ गते र संस्थागततर्फ फागुन १६ गते खोलेको हो। म्यानपावर एजेन्सीहरूको दबाबका कारणसमेत सरकारले संस्थागत श्रम स्वीकृतिसहित पुनः श्रम स्वीकृत खुला गरेको श्रम मन्त्रालय स्रोतले जनाएको छ।

तपाइँको प्रतिक्रिया