मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०९:२३ |सिड्नीको समय: ०७:२३ |काठमाडौंको समय: ०३:०८

नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज ५९ वटा, बर्षेनी ६० अर्ब जोगियो

एएनजेड खबरअप्रिल ८, २०२४

काठमाडौं । नेपालमा विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर संचालित शैक्षिक संस्थाको संख्या ५९ पुगेका छन् । ति कलेजमा हाल २९ हजार ५०६ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये सात हजार पाँच सय जनाले पूर्ण वा आंशिक छात्रवृत्ति पाएका छन् ।

इन्टरनेसलन एजुकेसन प्रोभाइडर्स एसोसिएसन अफ नेपाल (आइप्यान)ले आइतबार आयोजना गरेको अन्तरक्रियामा सो संस्थाका अध्यक्ष लक्ष्मण केसीले आफूहरुले बर्सेनि ६० अर्ब रुपैंयाँ विदेशिनबाट जोगाएको दावी गरे ।

‘उच्च शिक्षाका लागि विदेश जान चाहनेहरुलाई स्वदेशमै बसेर विदेशी विश्वविद्यालयको शिक्षा आर्जनको सुविधा भएको छ’ उनले भने, ‘विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजको सुविधा नभएको भए अधिकांश विद्यार्थी आज स्वदेशमा हुँदैन थिए । त्यसैले हजारौँ विद्यार्थीलाई पलायन हुनबाट रोक्न सफल भएका छौँ ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तथ्याङ्क अनुसार गत वर्ष एक लाख १० हजार २१७ जनाले नोअब्जेक्सन लेटर लिएका थिए । अध्यागमन विभागका अनुसार गत वर्ष एक लाख आठ हजार ५४२ युवा अध्ययनका लागि विदेशिएका थिए । गत वर्ष एक खर्ब ४२ करोड रुपियाँ उच्च शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थीमार्फत बाहिरिएको थियो ।

विदेशी विश्वविद्यालयमा गएर अध्ययन गर्नुभन्दा सोही विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालमा सञ्चालित त्यस्ता कलेजमा झण्डै एक चौथाइ लगानीमा अध्ययन गर्न पाइने आइप्यानको दावी छ ।

तपाइँको प्रतिक्रिया