मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०७:२८ |सिड्नीको समय: ०५:२८ |काठमाडौंको समय: ०१:१३

घोडेजात्रा अवसरमा काठमाडौं र ललितपुरमा रौनक

एएनजेड खबरअप्रिल ८, २०२४

काठमाडौं । काठमाडौंको टुँडिखेलमा घोडे जात्रा मनाइएको छ। प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन पर्ने घोडे जात्रा सोमबार दिउँसो टुँडिखेलमा मनाइएको हो।

जात्राको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत उच्च पदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो।

तर ललितपुरको पाटन दरबार क्षेत्रमाबाट घोडेजात्राका लागि भीमसेन गुठी च्योः खलःका गुठियारले प्रतिनिधित्व गरी घोडसवार गरी बालकुमारीसम्म पुगी घोडेजात्रा मनाइएको छ । छुट्टै विशेषता भएको जात्रालाई नेवारी भाषामा ‘याकः सल याः’ भनिन्छ ।

सर्वसाधारणको उपस्थितिमा अष्टमान महर्जन ‘सानु’ले पाटनको मूल चोकमा ‘माछापुच्छ्रे’ घोडा चढेर जात्राको सुरुवात गरेका थिए। मल्लकालदेखि सुरु भएको यो जात्रामा स्थानीयको बाक्लो उपस्थिति थियो । मल्ल राजाको प्रतीकसहित सर्वसाधारणले माछापुच्छ्रे घोडालाई पछ्याउँदा चोकचोकमा घोडेजात्राको रौनकता थपिएको थियो ।

तपाइँको प्रतिक्रिया