मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०६:३६ |सिड्नीको समय: ०४:३६ |काठमाडौंको समय: ००:२१

नेपालमा टिकटक बन्द हुँदा तीन अर्ब रुपैयाँ घाटा

एएनजेड खबरअप्रिल ११, २०२४

काठमाडौं । नेपालमा टिकटक बन्द हुँदा टेलिकम कम्पनीहरुले करिब तीन अर्ब रुपैयाँ घाटा गुमाएका छन् । सरकारले २०८० कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो । हाल (चैत)सम्म टेलिकम सेवा प्रदायक कम्पनीहरुले करिब ३ अर्ब रुपैयाँ आम्दानी गुमाएका छन् ।

काठमाडौंमा प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले आयोजना गरेको कार्यक्रममा आफ्नो प्रस्तुती दिँदै एनसेलका लिगत तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले यस्तो जानकारी दिएका छन् । उपाध्यायका अनुसार नेपालमा टिकटक बन्द भएपछि पछिल्लो पाँच महिनामा मात्रै एनसेलले १ अर्ब ४४ करोड रुपौयाँ आम्दानी गुमाएको छ ।

यता सरकारी टेलिकम सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटिसी)ले पनि पछिल्लो ५ महिनामा एनसेलकै बराबर आम्दानी गुमाएको छ । यसअवधिमा एनटिसीले १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गुमाएको नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुदन दाहालले जानकारी दिएका छन् ।

तपाइँको प्रतिक्रिया