सोमबार, वैशाख १७, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०६:०८ |सिड्नीको समय: ०४:०८ |काठमाडौंको समय: २३:५३

रुस र युक्रेनमा जान चाहने नेपालीहरूलाई श्रम स्वीकृति नदिने

एएनजेड खबरअप्रिल १३, २०२४

काठमाडौं । सरकारले युद्धरत देश रुस र युक्रेनमा जान चाहने नेपालीहरूलाई श्रम स्वीकृति नदिने भएको छ ।

शुक्रबार एक सूचनामार्फत श्रम तथा रोजगार मन्त्रालयले श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय भएको जनाएको छ । युद्धरत देशका सेनामा सहभागी हुन सक्ने सम्भावना रहेकाले तत्कालका लागि श्रम स्वीकृति नदिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

‘सोबाट सिर्जना हुन सक्ने मानवीय जोखिम समेतलाई दृष्टिगत गर्दै अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेन जाने नेपाली कामदारका लागि पुनः श्रम स्वीकृति, व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति दिने कार्य स्थगन गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ’ सूचनामा भनिएको छ ।

तपाइँको प्रतिक्रिया