मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०७:२४ |सिड्नीको समय: ०५:२४ |काठमाडौंको समय: ०१:०९

विस्का पर्वमा रमाएपछि जनकपुर पुगेर अष्ट्रेलियन राजदूतले दिइन नयाँ बर्षको शुभकामना

एएनजेड खबरअप्रिल १३, २०२४

काठमाडौं । नेपालस्थित अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाली भाषा, संस्कृति, धर्म, साहित्य र सम्पदाको संरक्षणमा जोड दिएकी छिन् । विक्रम संवद २०८१ को अवसरमा जनकपुरधामबाट शुभकामना सन्देश दिंदै नेपाली संस्कृतिप्रति आफू प्रभावित भएको उल्लेख गरेकी छिन् । ‘मिथीला सभ्यातको मुटु, विविध संस्कृतिहरु, धर्म र भाषाहरु, साहित्य र कलाहरुकोलागि प्रसिद्द स्थानबाट सबै नेपालीहरुमा नया वर्ष २०८१ को हर्दिक मंगलमय शुभकामना,’ भोल्कले भनेकी छिन् ।

त्यस्तै केही दिनअघि विस्का पर्व हेर्न भक्तपुर गएर पनि नयाँ बर्षको शुभकामना दिएकी थिइन । उनले सामाजिक संजालमा लेखेकी छिन, ‘विश्व सम्पदामा सूचिकृत, १४०० बर्ष भन्दा पहिले स्थापित भक्तपुरमा विशिष्ट प्रकारले आठ रात र नौ दिनसम्म मनाईने विस्का पर्व हेर्न म यहाँ आएको छु । यो चाड मनाउँदै गर्दा नेपाली नया बर्ष पनि पर्दछ ।

आज म हाकु पटासी लगाएर यहा उपस्थित छु र यो विशेष नेवार पहिरन उपहार दिनुभएकोमा काठमाण्डौ माहानगरपालिकाका उपमेयर सुनीता डङ्गोलज्यूलाई विशेष धन्यवाद । विस्का जात्रा मनाउने सबैमा विस्काको शुभकामना । सबै नेपालीहरुमा नया बर्ष २०८१ को उपलक्ष्यमा सुख र सम्बृद्दिको शुभकामना । विस्का या भिन्तुना ।’

तपाइँको प्रतिक्रिया