मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०८:१२ |सिड्नीको समय: ०६:१२ |काठमाडौंको समय: ०१:५७

नयाँ बर्षमा गृहमन्त्रीले बाँढे लड्डु

एएनजेड खबरअप्रिल १३, २०२४

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सडकमा मिठाइ बाढेर नयाँ वर्ष ०८१को सुरुवात गरेका छन् । सडकमा खटिएका प्रहरीसँग गृहमन्त्री लामिछानेले शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाएका हुन् ।

शनिबार बिहान काठमाडौंको थापाथली चोक पुगेर गृहमन्त्री लामिछानेले सडकमा ड्युटी गरिरहेका प्रहरीलाई मिठाइ बाडेका छन् । उनले सडकमा खटिएका ट्राफिक प्रहरीलाई हौसला प्रदान गर्दै नयाँ वर्षको शुभकामना दिएका हुन् ।

सडकमा भेटिएका ज्येष्ठ नागरिक, सवारीचालक र यात्रुलाई समेत नयाँ वर्षको शुभकामना दिँदै मन्त्री लामिछानेलले लड्डु बाढेका थिए । नयाँ वर्ष मनाउने क्रममा गृहमन्त्रीको टोलीमा नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख भुपेन्द्र खत्रीलगायतका प्रहरी अधिकृत सहभागी थिए ।

तपाइँको प्रतिक्रिया