मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ११:३० |सिड्नीको समय: ०९:३० |काठमाडौंको समय: ०५:१५

कतारका अमिरले नेपाल भ्रमण गर्ने, विभिन्न ११ सम्झौता गर्ने

एएनजेड खबरअप्रिल १४, २०२४

काठमाडौं । गत बर्ष इजरायल–हमास युद्धका कारण स्थगित भएको कतारका अमिर शेख तामिम बिन हमाद अल थानीको नेपाल भ्रमण आगामी वैशाख ११ र १२ गते हुने भएको छ । उनी पहिलो पटक नेपाल आउँदै छन् ।

कतारका लागि नेपाली राजदूत डा.नरेशविक्रम ढकालका अनुसार नेपाल भ्रमणका क्रममा कतारी अमिरले नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा ११ वटा विभिन्न सम्झौता गर्ने तयारी छ ।

खाडी मुलुकबाटै पहिलोपटक राष्ट्रप्रमुखको उच्चस्तरीय भ्रमण हुन लागेको उनले बताए । नेपालीहरूको प्रमुख गन्तव्यमध्येको एक कतारका अमिरको नेपाल भ्रमणले दुई देशको रोजगारी तथा वैदेशिक सम्बन्ध पनि थप प्रगाढ हुने विश्वास लिइएको उनले बताए ।

तपाइँको प्रतिक्रिया