मंगलबार, वैशाख १८, २०८१ |Tue Apr, 2024
अक्ल्याण्डको समय: ०८:३५ |सिड्नीको समय: ०६:३५ |काठमाडौंको समय: ०२:२०

अष्ट्रेलियाकी पर्वतारोही एली पेपर : जसले बिनाअक्सिजन अन्नपूर्ण–१ को गरिन सफल आरोहण

एएनजेड खबरअप्रिल १४, २०२४

काठमाडौं । अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले विश्वकै इतिहासमा साहसिक महिलाको रुपमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् । उनले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेसँगै आफ्नो देशको गौरव समेत बढाएकी छिन् ।

पेपरले उनका गाइड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आइतबार दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेको जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुचुरोबाट देखिएको दृश्यका बारेमा सुनाइन् ।

उनले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएकी छन् । अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसँगै पेपरले आठ हजार मिटरभन्दा अग्ला तीन हिमालको सफलतापूर्वक आरोहण गर्न सफल भएकी छन् ।

उनी यसपछि कञ्चनजंघा हिमालको आरोहण गर्ने योजनामा छिन् । त्यसपछि मकालु हिमालको आरोहण गर्ने उनको लक्ष्य छ ।

बिना अक्सिजन विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालका चुचुराहरूमा पुग्ने आफ्नो सपना पूरा गर्न उनी गएको मार्च महिनाको पहिलो हप्ता टिमसहित काठमाडौं आइपुगेकी थिइन्।

उनले विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल आरोहण गर्न २००७ मा माउन्ट चोयु हिमाल तिब्बत तर्फबाट बिना अक्सिजन हिमाल आरोहण गर्न थालेकी हुन्। यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलालाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसबाट जित्न प्रोत्साहित गर्ने लक्ष्य राखेको बताइन्।

यसअघि उनले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये दुई वटा हिमालको अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन्। सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) र विश्वको पाँचौं अग्लो हिमाल मनास्लु (८,१६३ मिटर) को सन् २०२३ को सेप्टेम्बर २८ तारिखका अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन्।

सिड्नीकी पर्वतारोही पेपरले सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२ औँ अग्लो हिमाल ब्रोडपिक (८,०५२ मिटर) को बिना अक्सिजन सफल आरोहण गरी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन्।

हालसम्म ६ जनाले मात्र अक्सिजन बिना विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन्। त्यसमा पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा पुगेका भने दुई जना मात्र हुन्, उनीहरुलाई त्यसको लागि १६ वर्ष लागेको थियो।

तपाइँको प्रतिक्रिया