बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: १८:३३ |सिड्नीको समय: १६:३३ |काठमाडौंको समय: १२:१८

नौं महिनामा ५ लाख ३९ हजार नेपाली विदेशिए, युरोपियन मुलुक रोजाइमा पर्न थाले

एएनजेड खबरअप्रिल १९, २०२४

काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनाको अन्तरालमा ५ लाख ३९ हजार नेपाली श्रमिकका रूपमा बाहिरिएका छन् ।

गत चैत महिनामा मात्रै ७० हजार ९ सय ३३ जना बिदेसिएपछि चालू आवमा मात्र बिदेसिनेको संख्या ७ लाख ५० हजार नाघ्ने अनुमान गरिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकनुसार चालू आवको साउनमा ५५ हजार ५ सय ७५ जना नेपाली बिदेसिएका थिए । भदौमा ५० हजार ८ सय ८४ जना, असोजमा ५६ हजार २ सय ३५ जना, कात्तिकमा ४३ हजार ६ सय २२ जना, मंसिरमा ७१ हजार २ सय ७६ जना, पुसमा ६५ हजार ८ सय १३ जना, माघमा ६२ हजार १ सय ४७ जना र फागुनमा ६५ हजार ६ सय ५८ जना बिदेसिएका थिए ।

चैत महिनामा बिदेसिनेको संख्या मंसिरपछिकै उच्च हो । चालू आवको तथ्यांकमा मंसिरमा सबैभन्दा बढी अर्थात् ७१ हजार २ सय ७६ जना बिदेसिएका थिए ।

नयाँ श्रम गन्तव्यका रूपमा उदाउँदै गरेको युरोपियन मुलुक रोमानियामा चैतमा मात्र २ हजार ३ सय जना गएका छन् । क्रोएसियामा ९ सय ६० र साइप्रसमा ७ सय ८१ जना गएका छन् । यसैगरी, सर्बियामा २ सय ६७ र यूकेमा २ सय ३२ जना नेपाली श्रम भिसामा गएका छन् ।

तपाइँको प्रतिक्रिया