बिहीबार, वैशाख २०, २०८१ |Thu May, 2024
अक्ल्याण्डको समय: २१:१६ |सिड्नीको समय: १९:१६ |काठमाडौंको समय: १५:०१

भारतमा लोकसभा निर्वाचन : मोदी नेतृत्वको सरकारले ह्याट्रिक गर्ने दाबी

एएनजेड खबरअप्रिल १९, २०२४

नयाँदिल्ली । भारतमा आज(शुक्रबार)देखि सन् २०२४ को १८ औँ लोकसभा निर्वाचन हुँदैछ । भारतको इतिहासमै सबैभन्दा लामो चुनाव सात चरणमा सकिँदैछ । अन्तिम मतदान आगामी जुन १ तारिखमा हुनेछ ।

पहिलो चरणमा २१ राज्यको १०२ सिटमा मतदान हुँदैछ । मतदान स्थानीय समयअनुसार बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।

यससँगै अरुणाचल प्रदेशको ६० र सिक्किमको ३२ विधानसभा सिटका लािग पनि मतदान हुँदैछ । दुवै राज्यका एक एक लोकसभा सिटमा सँगसँगै मतदान हुनेछ । मणिपुरको दुई लोकसभा सिट (मणिपुर इनर र मणिपुर आउटर) मा पनि पहिलो चरणमै मतदान हुँदेछ ।

आउटर सिटका केही भागमा २६ अप्रिलमा मतदान हुनेछ । जसमा आठ केन्द्रीय मन्त्री, एक पूर्व मुख्यमन्त्री र पूर्वराज्यपाल मैदानमा रहेका छन् ।

सन् २०१९ मा यिनै १०२ लोकसभा सिटमा भाजपाले ४०, डीएमकेले २४, कांग्रेसले १५ सिट जितेको थियो भने अन्यले २३ सिट जितेका थिए । यसपटक पनि यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा हुनेछ ।

इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार भाजपा सम्मिलित नरेन्द्र मोदी नेतृत्वको सरकारले लगातार तेस्रो पटक अर्थात सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने दाबी गरिएको छ ।

मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् । उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको हो ।

तपाइँको प्रतिक्रिया