आइतबार, वैशाख १६, २०८१ |Sun Apr, 2024
अक्ल्याण्डको समय: २२:२८ |सिड्नीको समय: २०:२८ |काठमाडौंको समय: १६:१३

राष्ट्रिय युवा संयोजकका उम्मेदवार वविन मिश्र का अन्तरकथा

एएनजेड खबरजुलाइ ३०, २०२१


बविन मिश्र, गैरआवासिय नेपाली संघ अष्ट्रेलियाको शनिवार हुने निर्वाचनमा राष्ट्रिय युवा संयोजक(National Youth Coordinator) पदका उम्मेदवार । सामाजिक कार्यमार्फत युवाहरुका लागि केही न केही गर्नैपर्छ भनेर निर्वाचनमा होमिएका यी होनाहार युवाका अन्तरकथा साच्चै चाख लाग्दो छ ।


अष्ट्रेलिया कर्मथलो बनाएको एउटा उम्दा प्रतिभा, जसले सेवाको विकल्प सेवा नै रोज्यो । बाल्यकालदेखि रोपेको त्यो बीउ युवा हुँदा फैलिएर लोभलाग्दो चौतारो बनेको छ । प्रज्ञा र चेतनासंगै बढेको सहयात्राले उसलाई परिपक्व मानिस बनाएको छ । गीताको उपदेशजस्तै उ कर्म गर्छ, परिणाम खोज्दैन । आत्मसम्मान र स्वाभिमान उसका पौरख हुन । कर्म उसको धर्म हो भने सेवा कर्तव्य । परदेशी धरामा उभिएको एउटा सतिसालको नाम हो- वविन मिश्र ।

नेपालीका लागि चुनाव एउटा सामान्य प्रक्रिया हो । न्यूनतम योग्यता पुगेका जसलाई पनि यो खेलमा सहभागी हुने अधिकार छ । गाउँमा हुने उपभोक्ता समितिदेखि जनप्रतिनिधि हुँदै विदेशी भूमिमा हुने गैरआवासीय संघको चुनावसम्म । तर पहेँलो धातु सबै कहाँ सुन हुन्थे र ? गैरआवासीय नेपाली संघको चुनावमा पनि यो विषय पेचिलो बन्ने निश्चित छ । मतदान नभएसम्म चन्द्रमा झार्ने आश्वासन सबैले दिने नै भए । एजेण्डाका त कुरै नगरौं, नगर्ने र नहुने त कुनै विषय नै बाँकी रहँदैनन । गैरआवासीय नेपाली संघ, अस्ट्रेलियाको युवा संयोजक पदमा उम्मेद्वारी दिएका बविन यस्ता खेलकुदबाट निरपेक्ष छन् । उनी कर्मले जवाफ दिन्छन् । मुख कम, पाखुरी बढी चलाउँछन् । त्यसैले त अस्ट्रेलियामा उनको परिचयमा युवा उद्यमीको फुर्को समेत जोडिएको छ । साझा एनआरएनए, सवल एनआरएनए समूहबाट प्रत्यासी रहेका उनी हाल भिक्टोरिया युवा संयोजकका रुपमा कार्यरत छन् ।

चितवन, काठमाडौं हुँदै उनले अस्ट्रेलियाको यात्रा तय गरेको १३ वर्ष बितेछ । नर्सिङमा ग्य्राजुएट उनी रजिस्टर नर्सका रुपमा कार्यरत छन् । यसबाहेक उनी व्यवसायी पनि हुन् । पेशाजस्तै मानवसेवा उनको कर्म, धर्म दुवै बनेको छ । वविनको सामाजिक सेवाको आयतन आफ्नो क्षेत्र र भूगोलमा मात्र सीमित छैन । मेचीदेखि महाकालीसम्मका नेपालीमा उनी फैलिएका छन् । जहाँ आपत पर्छ, त्यहाँ उनको उपस्थिति अनिवार्य हुने गरेको छ । एनआरएनएको प्रतिनिधि भएर मात्र होइन, मनसा, बाचा, कर्मणा उनी यो महायात्रामा डोरिन रुचाउँछन् । सेवा गर्न पाएको क्षण उनलाई मानव जीवन सार्थक लाग्छ । त्यसैले यो रुचिलाई वविन परदेशी नेपालीको साझा संस्थामार्फत संस्थागत गर्न चाहान्छन् ।

बविन चाहान्छन- एनआरएनए एउटा साझा चौतारी बनोस् । यसभित्र मानिस नभई माटोको सुवास बोलोस् । सवैले यसको स्वाद ग्रहण गरुन । बेसहाराको लौरो बनोस् । भोका पेट भएकाहरुका लागि अन्न बनोस् । घरदेशमा परदेश बोलोस, परदेशमा घरदेश बोलोस । दिएको बिर्सियोस, लिएको हिसाव राखोस् । समग्रमा नेपाली नेपालीबीच सम्बन्धको भरलाग्दो सेतू बनोस् ।

वविनको विकल्प वविन नै हुन । कोभिड महामारीमा नेपाली समुदायलाई सहयोगी हात बनेर देखाएको उदारमना वविनको अग्निपरीक्षा हो । यसरी हेर्दा उनी पास मात्र हैन, उत्कृष्ट प्रमाणित भइसकेका छन् । उनले के गरे नभएर के गरेनन भन्ने चाहिँ हो । लकडाउनका कारण घरदेश फर्कन नसकेका अभिभावकहरुको यात्रा सहजीकरण अभियानमा वविनको सक्रियता दोस्रो कहिल्यै देखिएन । त्यतिमात्र हैन कोभिडकालमा आर्थिक, मानसिक र शारीरिक समस्याबाट ग्रस्त नेपाली विद्यार्थीका लागि उनी वरदान सावित भए । कोभिडको शिकार भएका व्यवसायीलाई सरकारी अनुदान दिलाउन खेलेको भूमिका जति प्रशंसा गरेपनि अधुरो, अपुरो हुन्छ ।

रेडक्रस, स्काउटजस्ता संस्थामा बाल्यकालदेखिकै संलग्नताले वविनलाई समाजसेवामा प्रेरित गर्‍यो भने टेवलटेनिसको राम्रो खेलाडीको परिचयले अनुशासन, समयको महत्व चिन्न मद्दत गर्‍यो । अस्ट्रेलियामा रहेको सफल खेलाडीलाई नेपालमा प्रतिस्पर्धी बनाउने गज्जवको योजना छ । दोस्रो पुस्तासंग हराउँदै गएको नेपालसंगको सम्बन्धलाई उनी भावनामार्फत जोडन चाहान्छन् । नाताले होइन, विश्वासको डोरीले सम्बन्धको आयाम बढाउने योजना लिएर वविन चुनावी मैदानमा उत्रिएका छन् । निष्कर्ष के भने युवापुस्ताको एउटै ध्वनि हुनेछ- वविन मिश्र चियर्स ।

तपाइँको प्रतिक्रिया