आइतबार, वैशाख १६, २०८१ |Mon Apr, 2024
अक्ल्याण्डको समय: ०२:०२ |सिड्नीको समय: ००:०२ |काठमाडौंको समय: १९:४७

एनआरएन सुधारका लागि हामी निस्वार्थ बनौं, जुरुक्क उठौं

डिला खरेलमार्च ९, २०२२
This image has an empty alt attribute; its file name is 12471490_10152871950899364_4999119661338998673_o-1.jpg

सन २००३ बाट शुरू भएको गैर आवासिय नेपाली संघ (एनआरएन) अभियान आफ्नो इतिहास कै कठिन मोड, प्रश्रव वेदना र संकट पूर्ण घडीबाट गुज्री रहेको छ ।

आजसम्म यस संस्थाको विकास, श्रीबृद्धी र ख्यातिको जति हिस्सेदार हामी हौ, त्यती नै यो परिस्थिति र कठिन घडीको पनि, हामी सबैले जिम्मेवार भएर संस्थाको लागि अन्तिम पटक सोचौँ, समाधान सम्भव छ ।

सम्पूर्ण एन आर एन अभियान एक प्रश्रव र पिडादायी वेदनामा छ । यी शब्दहरु कोरिरहँदा म र म जस्तै एनआरएन अभियानमा प्रत्यक्ष, परोक्ष जोडिएका अभियन्ताहरुको मन भारी भएको छ I हामी कुनै न कुनै रुपमा विचलित, हतोत्साही र किंकर्तब्यविमूढको अवस्थावाट गुज्रिरहेको ध्रुवसत्य घाम जत्तिकै छर्लङ्ग छौ भन्दा अत्युक्ति नहोला I

अब अबेर नगरी हामी सबै मिलेर यसको निकासका लागि नि:स्वार्थ जुटनुको विकल्प छैन । यसरी संस्था आज यस किसिमको समस्यामा पर्नुको प्रमुख कारण भनेको संस्थाको निर्वाचन प्रक्रिया, नेतृत्व छनौट विधि र तरिका हो – यो आवश्यकता भन्दा बढी (तपाई हामीहरु नै जो जो संलग्न छौँ ) नेपाल स्थित राजनीतिक दल र अझ चरम स्वार्थ र व्यक्तिगत मानोमानी र टक्रावका पछाडि लाग्यौं, यो गलत भयो र यो दु: खद् परिणाम आयो। अन्य कुराहरुमा कहिँ कतै समस्या छैन एन आर एनले उत्कृष्ट कामहरु गरेको छ, गर्ने नै छौँ

निकास के त?

अब सबैले संस्थालाई प्रधान ठानेर, विधि विधानलाई मानेर मात्र निर्वाचन प्रक्रिया र नेतृत्व चयनलाई विश्वव्यापी र अन्तरष्ट्रिय मान्यता अनुसार हुनेगरी कायम गरौँ र मन, वचन र कर्मले पालना गरौँ I जस्तो कि यो अब एन आर एनको “निर्वाचन विधि र पद्धति अन्तरास्ट्रिय परोपकारी र सामाजिक संस्था रोटरी क्लब र लायन्स क्लबको जस्तो हुने गरी अभ्यास गरौँ I संसारभर रहेका गैर आवासीय नेपाली संघहरू भिजन २०२० एण्ड वियोंड र यसको थप विकास र परिमार्जन सहित अगाडी बढनु पर्दछ ।

उक्त भिजनले संसार भर छरिएर रहेका नेपालीहरूको एक साझा घर ( United Nation’s Of Nepali Diaspora)को परिकल्पना गरेको छ । अब सम्पूर्ण रूपमा संस्थाको सुधार विकास र परिमार्जनका लागि फेरी एक पटक नि: स्वार्थ भएर जुरुक्क उठौँ । एन आर एन ल विश्व संजालले अपनाएका मूल्य, मान्यता उद्धेश्य, मिसन, भिजन र एजेण्डाहरु भित्र नै हामी सबै सबै एन आर एनहरुको जीवन छ, भावना छ, नेपाल बाहिरको सानो नेपाल छ भन्ने मेरो बुझाई छ, यी र यस्तै भावनाहरुको जीवन्त कार्यान्वयन गराउनका लागि हामी सबै जुटनुको विकल्प छैन ! एन आर एनले तत्काल अझ व्यवस्थित गर्नु पर्ने काम हरु :-

1. विश्वसनीय, पारदर्शी र स्वतन्त्र सचिवालयको निर्माण ! (Trusted, Transparent & Independent – NRNA Secretariat)

2. भिजन 2020 and Beyond को विकास, पालना र कार्यान्वयन ! ( Vision 2020 and Beyond – Development, Action & Implementation )

3. एन आर एनलाई साझा, सबैको, सरल, सहभागितामूलक र समावेशी बनाउन – विधानलाई सरल र स्पष्ट पर्ने (Constitution Amendment and Easy for all)

4. उदाहरणिय संस्थागत वैदेशिक लगानी गर्ने गराउने ( Foreign Direct Investment – Exemplary Initiation and implementation )

5. ज्ञान, सीप र बौद्धिक सम्पतिको लगानी र सहकार्य गर्ने (Skill, Knowledge, Innovation & Intellectual Asset Relate, Transfer and Investment for the Development of Nepal)

6. गैर आवासीय नेपालीका युवा, दोश्रो तथा नयाँ पुस्तालाई जोड्ने सेतु बनि काम गर्ने – एक पटकको नेपाली सधैँको नेपाली ( NRNA – A Real Pool & Bridge for youth, second and new generation Nepali in abroad)

7.श्रमिक एन आर एन ए विमा कोषको स्थापना र कार्यान्वयन – नेपाल सरकारसँगको सहकार्यमा ( NRNA Insurance Fund for NRN’s around Golf & Middle East Countries – In Conjunction with Government of Nepal)

8.गुर्खा नेपालीहरुको आसमान सेवा सुविधा र पिडाका बारे सशक्त आवाज (Lobbying for unjustified and inappropriate agreements of Nepali Gurkha’s in a policy level)

अन्तमा, सबैमा सादर अनुरोध, एनआरएनए अभियान र यस संस्थाको अब सम्पूर्ण रूपमा सुधार विकास र परिमार्जनका लागि फेरी एक पटक हामी सबै सबै सरोकारवाला छातीमा हात राखी नि: स्वार्थ रूपमा जुरुक्क उठौँ यहाँहरु सबै सबैलाई जीवनभर सुखले खान पुगोस्, खुसीले दिन पुगोस् जय एन आर एन, जय नेपाल !

(अष्ट्रेलिया निवासी लेखक खरेल एनआरएनए अभियानमा निरन्तर सकृय हुनुहुन्छ)

तपाइँको प्रतिक्रिया