सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०६:५८ |सिड्नीको समय: ०४:५८ |काठमाडौंको समय: ००:४३

अष्ट्रेलियालाई सातौँपटक क्रिकेट विश्वकप उपाधि

एएनजेड खबरअप्रिल ३, २०२२

काठमाडौं – अष्ट्रेलियाले इंग्ल्यान्डलाई ७१ रनलले हराउँदै आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियन महिला टोलीको यो सातौँ विश्वकप उपाधि हो ।

आइतबार भएको खेलमा क्राइस्टचर्चस्थित हाग्ले ओभलमा अष्ट्रेलियालाई जिताउन एलिसा हिलीले नायकीय इनिङ्स खेलिन् । एलिसाले १७० रन बनाएपछि टस हारेर ब्याटिङका लागि निम्त्याइएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३५६ रन बनाएको थियो । ३५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३.४ ओभरमा सबै विकेट गुमाएर २८५ रन मात्र बनाउन सक्यो ।

महिला विश्वकपमा अहिलेसम्म अष्ट्रेलियाले र इंग्ल्यान्डले मात्र उपाधि जितेका छन् । इंग्ल्यान्डले चारपटक उपाधि जितेको छ ।

तपाइँको प्रतिक्रिया