सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०८:१० |सिड्नीको समय: ०६:१० |काठमाडौंको समय: ०१:५५

पत्रकार टिका कार्कीको स्मृतिमा भलिवल प्रतियोगिता आयोजना हुँदै

एएनजेड खबरअप्रिल ९, २०२२
This image has an empty alt attribute; its file name is 26055712_10155245053493549_2168518711668118020_n-1.jpg


बाग्लुङ्ग समाज अष्ट्रेलियाको आयोजनामा ‘प्रथम टिका कार्की स्मृति कप भलिबल प्रतियोगिता’ सिड्नीमा हुने भएको छ ।


करिव दुई दशकदेखि अष्ट्रेलियाको नेपाली समुदायमाझ रहेर खेलकुद र सञ्चारका क्षेत्रमा उल्लेखनीय योगदान गरेका पत्रकार टिका कार्कीको गत वर्ष असामयिक निधन भएको थियो ।

समाजका अध्यक्ष समेत रहेका कार्कीको प्रथम पून्यतिथिमा भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको बाग्लुङ्ग समाजका कार्यबाहक अध्यक्ष एवं सामाजिक अभियन्ता बिकास सापकोटाले एएनजेड खबरलाई जानकारी दिए ।

आगामी अप्रिल २४ तारिखमा सिड्नीको म्यारिकभिल स्थित पिसिवाईसी क्लबमा आयोजना हुने सो प्रतियोगितामा करिब एक दर्जन टिमहरु प्रतिस्पर्धामा सहभागी हुने पनि सापकोटाले जानकारी दिए ।

आयोजकका अनुसार, कार्यक्रममा बिजेता समूहले २ हजार डलर नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उप–बिजेता समूहले नगद १२ सय डलर, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट रक्षक, उत्कृष्ट सेटर र उत्कृष्ट स्पाईकरलाई ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगितालाई मेट्रो होम्स एण्ड पार्टनर्स र उर्वान होम्सले मुख्य प्रायोजन गर्ने पनि आयोजकले जनाएका छन् ।


समाजले टिका कार्कीको स्मृतिमा बार्षिक रुपमा खेलकुद लगायतका विभिन्न सामाजिक कार्यहरुले निरन्तरता दिने जनाएको छ ।

तपाइँको प्रतिक्रिया