आइतबार, वैशाख २३, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०४:३५ |सिड्नीको समय: ०२:३५ |काठमाडौंको समय: २२:२०

क्यानको महाप्रबन्धकमा खनाल नियुक्त

एएनजेड खबरअप्रिल १०, २०२२

काठमाडौं -नेपाल क्रिकेट संघ (क्यान)को महाप्रबन्धकमा वृत्तान्त खनाल नियुक्त भएका छन् । रौनक मल्लको एक वर्षे सम्झौता सकिएपछि क्रिकेट संघले नयाँ महाप्रबन्धक  नियुक्ति प्रक्रिया थालेको थियो ।

३४ जनाको आवेदन गरेकोमा छनोट कमिटीले ९ जनाको सूची बनाएर अन्तर्वार्ता लिएको थियो । त्यसबाट छनोट भएका खनालले ३ वैशाखबाट जिम्मेवारी सम्हाल्ने क्यानले बताएको छ ।

तपाइँको प्रतिक्रिया