सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०७:४९ |सिड्नीको समय: ०५:४९ |काठमाडौंको समय: ०१:३४

जिम्बावे ए टीमसँग नेपाल पराजित

एएनजेड खबरमे २, २०२२

काठमाडौं – पहिलो टी-२० खेलमा जिम्बावे ‘ए’ ले नेपाललाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गर्‍यो।
नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावेले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टाेनी मुन्याेङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए । उनले ४१ बल खेल्दै ३ चाैका र ३ छक्का प्रहार गरे । टाेनीले २३ बल खेल्दै ७ चाैका मद्दतमा ५० रन बनाए ।राेए काए ९ रनमा अविजित रहे ।
बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

तपाइँको प्रतिक्रिया