आइतबार, वैशाख २३, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०४:२६ |सिड्नीको समय: ०२:२६ |काठमाडौंको समय: २२:११

सिड्नीकी आरूशीको “सानो सानो पाइला” सार्वजनिक (भिडियो सहित)

एएनजेड खबरजुन १३, २०२२

सिड्नी– अष्ट्रेलियाको सिड्नीकी बालगायिका आरुशी पोख्रेलको सानो सानो पाइला बोलको गित सार्वजनिक भएको छ ।

सुरेश सेन्चुरीको शब्द र संगीत रहेको यस गीतमा गायक, सर्जक एवं सामाजिक अभियन्ता इश्वर पोख्रेलको पनि आवाज रहेको छ ।
अष्ट्रेलियामै जन्मे हुर्केकी ९ वर्षिया बालगायिका पोख्रेलले नै गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।

राजीव भुषालको छायांकन र सम्पादन रहेको भिडियो अष्ट्रेलियाको विभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको थियो ।
भिडियो अमृता रिजालको लगानीमा निर्माण भएको हो ।

तपाइँको प्रतिक्रिया