आइतबार, वैशाख २३, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०४:५३ |सिड्नीको समय: ०२:५३ |काठमाडौंको समय: २२:३८

हास्यकलाकार बुद्धिले हँसाए दुलहीलाई

एएनजेड खबरसेप्टेम्बर २४, २०२२

हाँस्यकलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिएका छन् । उनले आज मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गरेका हुन् ।

अनुसँग केही समयदेखि प्रेम सम्बन्धमा रहेका बुद्धिले मागी बिबाह गरेका हुन् । काैशलटारकाे एक पार्टी प्यालेसमा आयोजित समारोहमा दुवै पक्षका आफन्त,साथीभाइ, इष्टमित्र लगायतको उपस्थिति रहेको छ ।

‘हैट’ थेगोले चर्चित बुद्धि पछिल्लो समय म्युजिक भिडियो,टेलिफिल्म र फिचर फिल्ममा व्यस्त छन् । आज पनि उनले सिन्दुर लाउनुअघि दुलहीलाई “हैट” भन्दै हँसाएका थिए ।

तपाइँको प्रतिक्रिया