सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०७:४४ |सिड्नीको समय: ०५:४४ |काठमाडौंको समय: ०१:२९

गायक रमण रेग्मी र सविनाको ‘मुखै चिलाउनी’ दर्शकसामु (भिडियो)

एएनजेड खबरमार्च ४, २०२३

गायक रमण रेग्मी र गायिका अस्मिता अधिकारीको युगल स्वरमा सजिएको ‘मुखै चिलाउनी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायक रमण र अस्मिताको स्वर रहेको यस गीतको शब्द तथा सङ्गीत दीपक शर्माले गरेका छन् ।

 केही दिनअघि मात्रै सार्वजनिक म्युजिक भिडियोमा चकलेटी नायकको रूपमा चर्चा कमाएका नायक तथा मोडल पुष्प खड्काको दमदार अभिनय रहेको छ भने टिकटकबाट निकै चर्चा कमाएकी सुन्दरी मोडल गीत ढुङ्गानाको अभिनय रहेको छ। भिडियोमा पुष्प र गीतको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

सङ्गीतकार शर्माको उत्कृष्ट शब्दले सजिएको यस गीतको पहिलो अन्तराले सबै सङ्गीत पारखीहरूलाई मोहित बनाउने गरेको छ । सङ्गीतकार शर्माले युवा पुस्तालाई लक्षित गरी बुनेको शब्द सङ्गीतले सबैको मन मतिस्कलाई छुने अनुमान गरिएको छ । 

यस म्युजिक भिडियोलाई केशवराज भट्टले निर्देशन र कोरियोग्राफी दुवै गरेका छन्। गीतका शब्द एकदमै रुचाइएको र भिडियोको कोरियोग्राफीले म्युजिक भिडियोलाई झनै उत्कृष्ट बनाइदिएको छ। प्रेममा चुर्लुम्म डुबेका प्रेमील जोडीको रोमान्टिक प्रेम कहानीमा आधारित रहेको यस म्युजिक भिडियोले चर्चा र प्रशंसा दुवै कमाइरहेको छ। 

मिठो प्रेमको गहिराइलाई टपक्कै टिपेको यस गीतको शब्द र सङ्गीत पक्ष निकै बलियो देखिन्छ। यस म्युजिक भिडियोलाई भगवान् रूपी दर्शकले धेरै माया दिने कुरामा निर्माण पक्ष आशावादी रहेका छन्। 

 गायक रमणका यसअघि सार्वजनिक भएका विभिन्न एल्वमहरू चर्चा रहेका थिए। उनले ‘घर त लगनखेल, खुला जमिन, ‘मेसो पा छैन, हामी जनतालाई धेरै गाह्रो छ, ‘नेपालै जाउँ जाउँ लाग्छ, जस्ता म्युजिक भिडियोहरू निर्माण गरिसकेका छन् । चर्चा र दर्शकको माया कमाइसकेका गायक रमणले ‘मुखै चिलाउनी’ बोलको म्युजिक भिडियोले अझै माया थप्नेमा आफू विश्वस्त रहेको बताउँछन् । 

अध्ययनका लागि अष्ट्रेलिया गएका गायक रमण डेढ दशक देखि अष्ट्रेलिया मै छन्। जहाँ जहाँ पुगे पनि आफू जन्मेको धर्तीको सुगन्ध गीत सङ्गीतको माध्यम मार्फत गायक रमणले अभिव्यक्त गरिरहेका देख्न सकिन्छ।विदेशी भूमिमा रहेर पनि नेपाली गीत सङ्गीतमा उनको लगाव धेरै देखिने गरेको छ ।

आफ्नै स्वरमा रहेको गीतको उत्कृष्ट बनेको म्युजिक भिडियो ‘मुखै चिलाउनी’ उनकै “रमण रेग्मी” अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । सर्वाधिक रुचाइएको यस म्युजिक भिडियोको छायाङ्कन बुद्ध थापाले गरेका हुन् भने सम्पादन बन्दे प्रसाद र कलरिङ रेनिश फागोले गरेका हुन्। नरेन्द्र बियोगीको एरेन्ज रहेको भिडियोको प्रायोजन भने इन्स्टा एजुकेसन एन्ड भिसा सर्भिसेज र शुभकामना नेपाली रेस्टुरेन्ट सिड्नीले  संयुक्त रूपमा गरेका छन्  ।  यस म्युजिक भिडियोको निर्माण सविना कुँवर रेग्मीले गरेकी हुन् ।

तपाइँको प्रतिक्रिया