सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: १३:३७ |सिड्नीको समय: ११:३७ |काठमाडौंको समय: ०७:२२

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता, आजै संयुक्त पत्रकार सम्मेलन हुने

एएनजेड खबरजुन १, २०२३

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ।

नयाँदिल्लीको हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीबीच भेट भएको हो। दुई प्रधानमन्त्रीको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलनलाई दुवै प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ। दुई समकक्षीबीच पुनः ‘वन टु वन’ वार्ता हुने पनि भनिएको छ।

उक्त भेटवार्तापछि सहमतिपत्रमा हस्ताक्षर, केही परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन गरी दुवै देशका प्रधानन्त्रीले सम्बोधन गर्ने कार्यसूची छ। प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच ‘महत्त्वपूर्ण सम्झौता’ हुने दाबी गरेका छन्।

भारतीय समकक्षी मोदीसँग भेट गर्नुअघि प्रधानमन्त्री प्रचण्डले आज बिहान महात्मा गान्धीको समाधीस्थलमा पुगेर पुष्पहार अर्पण गरेका थिए।

तपाइँको प्रतिक्रिया