सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०९:०० |सिड्नीको समय: ०७:०० |काठमाडौंको समय: ०२:४५

नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट

एएनजेड खबरजुन १, २०२३

नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज रिट परेको छ। नयाँ जनादेश पछि बनेको संसदमा नागरिकता विधेयकलाई पेश नै नगरी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार प्रमाणीकरण गरेपछि त्यसका विरुद्द वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीसहितले सर्वोच्चमा रिट हालेका हुन्।

उक्त रिटमा राष्ट्रपति पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण अवैधानिक भएको भन्दै लागु नगर्न/नगराउन माग गरिएको छ। नागरिकताको विषय राष्ट्रियतासँग जोडिएकाले यसबारे अलग्गै नीति चाहिने र नेपालीहरु नागरिकताबाट वञ्चित नहुने र विदेशीले नागरिकता नपाउने व्यवस्था हुनुपर्ने पनि माग रिटमा माग गरिएको छ।

यही जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकले एक वर्षदेखि शीतल निवासमा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले थन्किएएर राखेको उक्त विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेललाई आग्रह गरेको थियो। पौडेलले मन्त्रिपरिषद्को आग्रह स्वीकार्दै संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरिदिएका थिए।

तपाइँको प्रतिक्रिया