सोमबार, वैशाख २४, २०८१ |Mon May, 2024
अक्ल्याण्डको समय: ०८:५६ |सिड्नीको समय: ०६:५६ |काठमाडौंको समय: ०२:४१

काँग्रेसमा सुधार चाहने र नचाहने दुई गुट छन् , अब टुलु टुलु हेरेर बसिन्नँ : महामन्त्री गगन थापा 

एएनजेड खबरजुन २, २०२३

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस पार्टी भित्र  पार्टीभित्र सुधार चाहने र सुधार नचाहने गुट रहेको बताएका छन्। उनले पार्टीमा भएको पुरानो  परम्परागत गुट सकिएको भन्दै अहिले सुधार चाहने र नचाहने शक्ति मात्रै रहेको स्वीकार गरेका हुन्। 

 नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा  बोल्दै महामन्त्री थापाले काँग्रेसलाई  बदल्ने र सुधार गर्न चाहने गुटलाई मजबुत बनाउँदै परिवर्तन नचाहने पक्षलाई कमजोर बनाउँदै जानुपर्ने धारणा राखेका हुन्। 

थापाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई अब सहन नसकिने भन्दै  चेतावनी दिएका छन्।  उनले सभापति स्वयमकै  कारणले काँग्रेसका विषयमा प्रश्न उठ्ने गरेको आरोप लगाए ।

उनले भने, ‘टुलु टुलु हेरेर बसिन्नँ । काँग्रेस बदलिन्छ । सङ्घर्ष गर्ने हो ।’ निर्णय गर्ने पूर्ण अधिकार सभापतिलाई विधानले दिएकाले पनि समस्या भएको छ,’।

महामन्त्री थापाले काँग्रेस सम्मिलित सरकारले गलत क्रियाकलाप गरिरहेको बताए ।उनले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी, नागरिकता विधेयकको प्रमाणीकरण प्रक्रिया, प्रदेशमा मन्त्रालय टुक्राउनु, सांसद विकास कोषको ब्युँताउने कार्य गलत भएको तर्क गरे। 

तपाइँको प्रतिक्रिया